इटालीले १ करोड ६० लाख जनतालाई क्वारेन्टाइनमा राख्ने

इटालीले लोम्बार्डीका आफ्ना १ करोड ६० लाख जनता र उत्तर तथा पूर्वका ११ अन्य प्रान्तलाई ‘लकडाउ’ गर्ने तयारीमा छ ।
अप्रिल महिनाको पहिलो सातासम्म सबैजना अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
इटलीमा कोरोनाभाइरसको संक्रमण एकाएक बढ्न थालेपछि यहाँका जिम, पुल, म्युजियम र स्की रिसोर्ट बन्द हुँदैछन् ।
युरोपभरी इटालीमा सबैभन्दा धेरै कोरोना भाइरसको संक्रमण देखिएको हो ।
इटालीको मुख्य आर्थिक केन्द्र मिलान र प्रमुख पर्यटकीय क्षेत्र भेनिसमा समेत लागू गरिएको यो उपाय आइतबारबाट सुरु भएर अप्रिल ३ सम्म लागू हुनेछ ।
इटालीमा मृतकको संख्या २ सय ३० पुगिसकेको छ । पछिल्लो २४ घण्टामा ५० जना बढीको मृत्यु भइसकेको छ । शुक्रबार संक्रमितको संख्या १२ सय थियो जुन शनिबारसम्ममा ५ हजार ८ सय ८३ पुगेको छ ।
इटालीको सरकारी मिडिया क्योरियर डेला सेराले सरकारी आदेशको उक्त मस्यौदा प्रकाशित गरेको हो ।
१ करोड जनसंख्या भएको इटालीको लोम्बार्डी र मिलान आपतकालीन अवस्थाबाहेक बन्द रहनेछन् । साथै भेनिस, पार्मा र मोडेनालगायतका ११ प्रान्तका जनता गरी जम्माजम्मी १ करोड ६० करोड जनता प्रभावित हुने बीबीसीले जनाएको छ ।
उत्तरी इटालीका लगभग ५० हजार जनता क्यारेन्टाइनका कारण प्रभावित भएका छन् ।
अन्य के तरिका अपनाइएका छन् ?
नाइट क्लब, जीम, स्विमिङ पुल, म्युजियम र स्की रिसोर्ट बन्द गरिनेछन् ।
रेष्टुरेन्ट र क्याफे खुल्ला रहन सक्छन् तर ग्राहक केही मिटर पर बस्नुपर्ने हुन्छ ।
जनतालाई जतिसक्दो घरमा नै बस्न भनिएको छ । क्वारेन्टाइन नमान्नहेरुलाई तीन महिनाको जेल सजाय पनि हुनसक्छ ।
खेल प्रतिस्पर्धाहरु सर्वसाधारणका लागि बन्द गरिनेछन् । विश्व स्वास्थ्य संगठनले इटालीललाई भाइरसमै केन्द्रित हुन भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
घट्दो जन्मदरको मुख्य कारण आर्थिक बोझ र सामाजिक असहजता : युएनएफपीए
-
सन्दीप चम्किँदा नेपाललाई सामान्य लक्ष्य