गोकुल बाँस्कोटाको बचाउमा प्रधानमन्त्री, केक काटेको विरोध गर्नेलाई यस्तो जवाफ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७० करोड बार्गेनिङ प्रकरणमा मुछिएर मन्त्री पद गुमाएका गोकुल बाँस्कोटाको बचाउ गरेका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० कमिसन मागेको आरोप बाँस्कोटामाथि छ । उनीमाथि कडा कारबाही हुनुपर्ने र प्रधानमन्त्रीले पनि यसबारे प्रष्ट पार्नुपर्ने आवाज उठिरहेको बेला ओलीले उल्टै बचाउ गरेका हुन् ।
बिहीबार राजधानीमा आयोजित नेकपा बागमती प्रदेशस्तरीय तथा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाँस्कोटाले भ्रष्टाचार गरेकाले नभइ प्रश्न उठेकाले राजीनामा दिएको बताए।
उनले भने, ‘एउटा टेप प्रकरणमा कुनै मान्छेले अनाधिकृत तवरले अडियो सार्वजनिक गरेको छ। तर केही प्रमाण छैन । गोकुल बाँस्कोटाले मेराबारे प्रश्न उठ्यो राजीनामा दिएँ भन्नुभएको छ। उक्त अडिओ मेरो होइन भन्नुभएको छ। सत्यता पुष्टि भएको छैन। स्विस एम्बेसीले पनि त्यो एजेन्ट होइन भनेको छ।’
उनले बाँस्कोटाले भ्रष्टाचार गरेकोजस्तो गरी प्रचार गर्नु जरूरी नभएको पनि बताए । उनले भने,‘दोष भए उहाँले सजाय भोग्नु पर्छ। अहिलेसम्म उजुरी परेको छैन।’
उनले कसैले आफ्नो पनि नाम जोडेर अख्तियारमा उजुरी दिएको तर त्यो औचित्यहीन भएको बताए ।
उनले सरकारको सम्पूर्ण ध्यान सुशासन र विकासमा केन्द्रीत रहेको पनि दोहोर्याए ।
उनले आफ्नो आलोचना गर्ने विषय नपाएपछि जन्मदिनलाई मुद्दा बनाएको समेत बताए ।
उनले केकलाई राष्ट्रवादको संज्ञा पनि दिए । हिजो नाकाबन्दी भएको बेला चुप बस्नेहरु अहिले केक काट्दा उफ्रिदा अनौठो लागेको समेत उनले बताए । उनले भने, ‘हिजो नाकाबन्दी हुँदा नाकाबन्दीसमेत भन्न नसक्नेहरु अहिले केक राष्ट्रवादी भएका छन् । यसरी कांग्रेसले राजनीति गर्छु भन्ने ठानेको छ भने बेकारको कुरा हो ।’
उनले सरकारले गरेको राम्रा काम नदेख्नेहरुले जन्मदिनमा केक काटेको भनेर आलोचना गर्नुको तुक नरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
