बर्थडे सेलिब्रेसन : अध्यक्ष ओलीबाटै आचारसंहिता उल्लङ्घन !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफैले जारी गरेको आचारसंहिता उल्लङ्घन गर्दै आफ्नो जन्मोत्सव मनाएका छन् । गत माघ महिनामा ओली अध्यक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षरसहित नेकपाले आफ्ना सबै नेता कार्यकर्ताहरुलाई ११ बुँदे आचारसंहिता जारी गरेको थियो ।
उक्त आचारसंहिताको २ नम्बर बुँदामा जन्मदिन, व्रतवन्ध पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सिमित गर्नुपर्ने उल्लेख छ । तर प्रधानमन्त्रीसमेत रहेका ओलीले ६९ औँ जन्मोत्सव मनाउने क्रममा बालुवाटारमा परिवारबाहेकका अन्य सदस्यहरुसमेत सहभागी छन् ।
ओलीको बर्थडे मनाउन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, काँग्रेस नेतृ सीता गुरुङलगायत गएका थिए ।
आचार संहितामा भनिएको छ, ‘परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्ने उल्लेख छ । ‘कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ । छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सिमित गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी वकिल र महान्यायाधिवक्ता विभाजन आवश्यक
-
नारायणगढ–बुटवल सडक विस्तार सुस्त, तीव्रता दिन हान गण्डकीको माग
-
क्यान्सरको फलोअपमा गएका राप्रपा महामन्त्री धवल शमशेर राणाको रिपोर्ट ‘अल क्लियर’
-
संसद्मा प्रधानमन्त्रीले आज गर्ने भनेको सम्बोधन स्थगित
-
गायक सुजनको साथमा पोखरा र धरानमा ‘ऊनको स्वीटर साँझ’ हुने
-
चुनावमा गरेको वाचा बिर्सिएको छैन : अध्यक्ष प्रचण्ड