प्रचण्डको अभिव्यक्तिबारे बाबुरामले भने, ‘म साक्षी थिएँ, गिरिजाले अझै ठोक्नुपर्यो भन्नुभएको थियो’
काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवशरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताएका छन् ।
शुक्रबार संसद भवन बाहिर पत्रकारहरुसँगको कुराकानीमा डा. भट्टराईले तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन विथोल्नका लागि स्व. गिरिजा प्रसाद कोइरालाले आग्रह गरेको बताए ।
१२ बुंदे समझदारीमा नै काँग्रेस लगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालिन माओवादी फौजि ढंगले अघि बढ्ने सहमति भएको उनले बताए । उनले भने, ‘उहाँ (प्रचण्ड) को सानो कुरालाई पनि बढाई चढाई गरी प्रस्तुत गर्ने बानी छ । उत्तेजना फैलाउने स्वभाव छ । १२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ । मलाई याद छ । उहाँहरुले शान्तिपूर्ण ढंगले र हामीले फौजी ढंगले प्रहार गर्ने सहमति भएको थियो ।’
तत्कालीन समयमा आफूहरुले युद्धविराम भंग गरेर जाने निर्णय गर्दा गिरिजाले ठोक्नुपर्यो भनेको भट्टराईले बताए । ‘पुसको अन्तिमतिर आन्दोलन राम्रोसँग हुन सकेन । हामीले युद्धविराम भंग गरेर जाने निर्णय गर्दा उहाँ (गिरिजा) ले अझै ठोक्नुपर्यो भनेर चाँही भन्नुभएको हो,’ उनले भने, ‘लौन कारवाही अगाडी बढाउनुप-यो उहाँले भनेको हो म पनि साक्षी थिए । एक दुई पटक भनेको कुरालाई युद्धभरी भनेजस्तो गरी प्रस्तुत गर्नुभएन् । नगरपालिका निर्वाचन विथोल्न अलिअलि फौजी कारवाही बढाउनुप-यो भन्नुभएको हो ।’
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तत्कालीन सभापति गिरिजाप्रसा कोइराला ज्युँदै हुँदा नभनेले अहिले केही भन्न नसकिने बताए । ‘खोई गिरिजाप्रसाद कोइराला ? जिउँदै हुँदा उहाँ (प्रचण्ड) ले केही बोल्नुभएन् । वितिसकेको व्यक्तिको बारेमा बोलेर हामी कसरी कमेन्ट गर्ने ?’, उनले भने ।
तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा विहीबार आयोजित कार्यक्रममा प्रचण्डले काँग्रेसका तत्कालीन सभापति कोइरालाले नै माओवादीलाई ‘ठूल्ठूला फौजी आक्रमण गर्न’ सुझाएको बताएका थिए।
प्रचण्डले भनेका थिए , ‘कोइराला र मेरोबीच लगातारजस्तो, झन्डै झन्डै दिनदिनैजस्तो कुराकानी हुन्थ्यो। उहाँले हामीलाई फौजी आक्रमण अझै बढाइदिनुपर्यो, सदरमुकाम हान्नुपर्यो, अझै ठूल्ठूलो हमला गर्नुपर्यो भन्नुहुन्थ्यो। यो बढो विचित्रको थियो। यस्तो संसारमा कमै हुन्छ।’ प्रचण्डका उक्त अभिव्यक्तिप्रति काँग्रेसले आपत्ति जनाएको छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तत्कालीन समयको काँग्रेसको भूमिकाबारे प्रश्न उठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
-
पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा