शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्ड–विश्वप्रकाशको जुहारीमा बाबुरामको ‘इन्ट्री’

शुक्रबार, ०२ फागुन २०७६, १३ : ३४
शुक्रबार, ०२ फागुन २०७६

काठमाडौं । ‘जनयुद्ध’ दिवासमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिमाथि टिकाटिप्पणी भइरहेको छ ।

विहीबार नेकपा पार्टी कार्यालय धुम्बाराहीमा ‘जनयुद्ध’ दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले जनयुद्धमा ठूला–ठूला फौजी आक्रमण गर्न सुझाएको बताएका थिए ।

त्यसको केही घण्टामै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पेस विज्ञप्ति जारी गरि प्रचण्डको उक्त अभिव्यक्तिप्रति आपत्ति प्रकट गरे । ‘माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन’ कोइरालालेखेलेको भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउनप्रचण्डबाट प्रयत्न भएको भन्दै शर्माले आपत्ति जनाएका थिए ।

साथै आफ्नो ट्वीटर ह्यान्डलमार्फत प्रचण्डमाथि प्रश्न तेस्र्याउँदै शर्माले भने, ‘गिरिजाप्रसाद कोइराला जिउँदै छँदा बोल्न कसले रोकेको थियोे कमरेड र आज बोल्नुभो । ‘फौजी आक्रमण बढाउ उहाँले भन्नुभयो’ भनेर ?’ शान्ति प्रक्रियामा नआएको भए माओवादी समाप्त हुन्थ्यो स्विकार्नु भएछ । तर ‘सेफल्याण्डिङ’को  संयोजन गर्ने नेताप्रति विवादास्पद अभिव्यक्ति किन?’

 

प्रचण्ड र विश्वप्रकाशको जुहारीलाई समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको पनि इन्ट्री भएको छ । ‘जनयुद्ध’ताका प्रचण्डका सारथी समेत रहेका उनले आफ्नो ट्वीटर ह्यान्डलमा उनीहरुको जुहारीबाट राजतन्त्रवादी कमल थापालाई हौस्यएको उल्लेख गरे । 

प्रचण्ड, विश्वप्रकाश र कमल थापालाई मेन्सन गर्दै भट्टराईले ट्वीटरमा लेखिएका छन्, ‘ गणतन्त्रकोनिम्ति सहकार्य गरेका प्रचण्ड र विश्वप्रकाशको जुहारीले राजतन्त्रवादी कमल थापालाई मात्र हौस्याएको देखिनु शोभनीय भएन!१२बुँदे समझदारीका मुख्य सूत्रधार हामी जिउँदै छँदाछँदै कसैले दिउँसै रात पार्ने कोशिश नगरून् !कसैको निगाहले हैन जनताको रगतले गणतन्त्र ल्याएको नभुलौं!’

बाबुरामले ट्वीट गर्नुभन्दा पहिले थापाले आफ्नो ट्वीटर ह्यान्डलमार्फत प्रचण्डको अभिव्यक्तिप्रति काँग्रेसले आफ्नो धारण सार्वजनिक गर्नुपर्ने बताएका थिए ।

उनले लेखेका थिए, ‘‘माओवादीलाई फौजी आक्रमण अझै बढाइदिन गिरिजाप्रसादले आग्रह गरेको’भन्ने प्रचण्डको भनाइबारे काँग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ।के गिरिजाप्रसाद तत्कालीन आतंककारीको मतियार थिए? प्रचण्डको पछिल्लो खुलासाले बाह्यशक्तिको मतियार माओवादी र माओवादीको हतियार काँग्रेस भन्ने स्पष्ट हुन्छ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप