प्रधानमन्त्री ओलीको प्रश्न : के गोकर्ण रिसोर्ट बन्द गर्नुपर्ने हो ?
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विभिन्न स्थानका सरकारी जग्गा यति होल्डिङसलाई भाडामा दिँदा नीति, नियम र कानुनअनुसार नै दिएको दाबी गरेका छन् । बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै प्रधानमनत्री ओलीले यस्तो दावी गरेका हुन् ।
सरकारले यति होडिङसलाई सरकारी जग्गा भाडामा दिँदा अनियमितता भएको भन्ने समचारको प्रतिवाद गर्दै ओलीले यस्तो बताएका हुन् । उनले मदन भण्डारी र पासाङ लामु शेर्पासँग जोडेर सो विषयमा अनावश्यक भ्रम फैलाएको भन्दै अघिल्लो सरकारले गरेको सम्झौतालाई आफ्नो सरकारले निरन्तरता दिएको मात्रै बताए । ‘यो त देउवा सरकारले दिएको थियो । यो सरकारले पनि दिने नीति अनुसार नै दिएको छ,’ उनले भने, ‘यो अहिलेको सरकारको कुरा होइन । पहिलेको सरकारको कुरा हो ।’
उनले व्यापारी घरानाबीचको अस्वस्थ प्रतिस्पर्धामा सरकार नपर्ने भन्दै गोकर्ण रिसोट राजाले विदेशीलाई दिएको तर अहिले नेपालीले पाएको बताए । ‘समय अवधि अगाडि नै दिइएको छ भन्ने कुरा आएको छ । त्यसरी दिन मिल्छ । गोकर्ण रिसोर्ट विदेशीलाई दिइएको थियो । अहिले नेपालीलाई दिइएको छ । के गोकर्ण रिसोर्ट बन्द गनुपर्छ भन्ने हो ?,’ उनको प्रश्न थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
