बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको प्रश्न : के गोकर्ण रिसोर्ट बन्द गर्नुपर्ने हो ?

बुधबार, १५ माघ २०७६, १३ : ४४
बुधबार, १५ माघ २०७६

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विभिन्न स्थानका सरकारी जग्गा यति होल्डिङसलाई भाडामा दिँदा नीति, नियम र कानुनअनुसार नै दिएको दाबी गरेका छन् । बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै प्रधानमनत्री ओलीले यस्तो दावी गरेका हुन् ।

सरकारले यति होडिङसलाई सरकारी जग्गा भाडामा दिँदा अनियमितता भएको भन्ने समचारको प्रतिवाद गर्दै ओलीले यस्तो बताएका हुन् । उनले मदन भण्डारी र पासाङ लामु शेर्पासँग जोडेर सो विषयमा अनावश्यक भ्रम फैलाएको भन्दै अघिल्लो सरकारले गरेको सम्झौतालाई आफ्नो सरकारले निरन्तरता दिएको मात्रै बताए । ‘यो त देउवा सरकारले दिएको थियो । यो सरकारले पनि दिने नीति अनुसार नै दिएको छ,’ उनले भने, ‘यो अहिलेको सरकारको कुरा होइन । पहिलेको सरकारको कुरा हो ।’

उनले व्यापारी घरानाबीचको अस्वस्थ प्रतिस्पर्धामा सरकार नपर्ने भन्दै गोकर्ण रिसोट राजाले विदेशीलाई दिएको तर अहिले नेपालीले पाएको बताए । ‘समय अवधि अगाडि नै दिइएको छ भन्ने कुरा आएको छ । त्यसरी दिन मिल्छ । गोकर्ण रिसोर्ट विदेशीलाई दिइएको थियो । अहिले नेपालीलाई दिइएको छ । के गोकर्ण रिसोर्ट बन्द गनुपर्छ भन्ने हो ?,’ उनको प्रश्न थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप