बूढानीलकण्ठमा दिल्ली–सानेपा वार्ताको ब्रिफिङ, विवादमा सहमति शुक्रबार खोजिने

काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको छ । बुधबार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र पूवमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्ने विषयमा छलफल भएको हो ।
सभापति देउवाको निवास बुढानिलकण्ठमा भएको छलफलमा विवाद समाधानका लागि अहिलेसम्म भएका नेतात्रयबीच भएको गृहकार्यहरुको बारेमा छलफल ब्रिफिङ भएको वरिष्ठ नेता पौडेलले बताए ।
पछिल्लो समय पार्टीमा उत्पन्न विवाद समाधानका लागि उसभापति निधि, पूर्वमहामन्त्रीद्वय सिंह र सिटौलाले आफूहरुबीच पार्टी कार्यालय सानेपामा पुस २९, माघ १ र ६ गते भएको छलफलमा भएका कुराकानीबारे ब्रिफिङ गरिएका थिए ।
यस्तै महामन्त्री खड्काले पार्टी सचिवालयमा भएको विषयबारे छलफलमा जानकारी गराएको निधिले बताए । आज अपराह्न ४ बजेदेखि ७ बजेसम्म नेताहरुबीच छलफल भएको थियो । छलफलकै सुरुमा देउवाले पौडेललाई स्वाथ्यमा पूर्ण सुधार आयो भनेर सोधेका थिए ।
रक्तचाप नियन्त्रणमा आएको भन्दै पौडेलले भारतस्थित दिल्लामा भएको राजनीतिक भेटघाटबारे कुरा सुनाएका थिए । पुस २७ गते साँझ सभापति देउवासँग उनको निवासमा छलफल गरी रक्तचाप स्थिर नभएको भन्दै पुस २९ गते वरिष्ठ नेता पौडेल दिल्ली उडेका थिए । अल इन्डिया मेडिकल इन्स्टिच्युटमा उपचारका लागि गएका उनले उपचारसँगै भाजपा नेता एवं रक्षामन्त्री राजनाथ सिंहलगायतसँग भेटवार्ता समेत गरेका थिए ।
त्यसपछि छलफलले पार्टीमा देखिएको विमादमा केन्द्रित भएको थियो ।उक्त छलफलपछि आगामी शुक्रबार बिहानै ९ बजे पुनः बैठक बसेर विवाद टुंग्याउने सहमतिसहित नेताहरु बाहिरिएको पौडेलको भनाइ छ ।
उपभिापति निधिका अनुसार नेवि सङ्घको गठन, तरुण दलको कार्यकाल बढाएर समितिलाई पूर्णता दिनेदेखि पार्टीका विभागहरुको सङ्ख्या तथा गठन लगायतका विषयमा सहमतिबाट अगाडि बढ्ने विषयमा छलफल भएको हो ।
यसअघि पुस २७ गते बूढानीलकण्ठमै सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलाबीच छलफल भएको थियो । पौडेल पक्षले महाधिवेशन कार्र्यतालिका सच्याउनुपर्ने, तत्काल विभागको संख्या बढाउन नहुने र भातृ संगठनहरुको विवाद चाँडो टुंगो लगाउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।
देउवा पक्ष केन्द्रीय महाधिवेशनको तालिका यथावत् राखेर तल्ला तहका अधिवेशनको तिथि मिति मात्र हेरफेर गर्ने पक्षमा छन् ।यस्तै क्रियाशील सदस्यताको छानबिन समिति निर्माण गर्न र विधानका दफा निलम्बनको निर्णय सच्याउने कुरामा देउवा पक्षले लचकता देखाएको छ । विभाग, नेविसङ्घ र तरुण दलमा गएको महाधिवेशनको म्यान्डेट अनुसार सहमितिबाट अगाडि बढ्ने कुरामा देउवा, पौडेल र सिटौला पक्ष एक ठाउँमा देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० महिनादेखि शेयर निष्कासन नभएपछि इप्पानले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो
-
ईश्वर पोखरेल सहित दुई जना पक्राउ
-
अपराजित दिल्ली पाँच वर्षअघि मुम्बईसँग फाइनलमा भोगेको हारको बदला लिने धुनमा
-
६ निजामती ट्रेड युनियनहरूले दिए आन्दोलनको चेतावनी
-
हर्टिकल्चर एक्स्पो : चार दिनमा १ करोड बढीको कारोबार