शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रियंका कार्कीले थाइल्याण्डमा यसरी मनाइन् ब्याचलोरेट पार्टी (२४ फोटोमा हेर्नुहोस्)

सोमबार, ०६ माघ २०७६, ०८ : १९
सोमबार, ०६ माघ २०७६

अहिले इन्स्टाग्रामको ‘हट इस्यू’ भनेको प्रियंका कार्कीको ‘ब्याचलोरेट पार्टी’ हो । ६ जनाको टोली लिएर पार्टीका साथै मस्ती गर्न थाइल्याण्ड उडेकी प्रियंकाले इन्टाग्रामका भित्तालाई निकै रंगीन बनाएकी छिन् । रंगीन यसअर्थ, उनले आफ्ना ६ जना साथीहरुसँगको रातो, पहेँलो, सेतो, कालो बिकिनी लगाएका तस्बिर बारम्बार पोष्ट गरिरहेकी छिन् । कहिले सिंगल फोटो हाल्छिन्, कहिले ग्रुप फोटो हाल्छिन्, कहिले क्यामरा फेस गरेको फोटो हाल्छिन् त कहिले  पछाडि फर्किएको । फोटो हेर्दा यस्तो लाग्छ उनले थाइल्याण्डमा ‘फूल अन’ मस्ती गरेकी छिन् ।

यसका साथै, प्रियंकाले ‘ब्राइडल सावर’ भन्दै आफ्नो फेसबुक अकाउन्टमा २२ वटा फोटो पोष्ट गरेकी छिन् । उत्कृष्ट सेटिङमा, सेतो पहिरनमा सजिएर उनले साथीहरुसँग बेहुली हुनु अघिको समयलाई निकै विशेष तवरले व्यतित गरेकी छिन् ।

यद्यपि, उनको विवाहको मिति भने निश्चित भइसकेको छैन । उनले पोष्ट गर्ने फोटोमा भने उनले आफूलाई ब्राइड अफ २०२० भन्ने गरेकी छिन् ।

हेरौं तस्बिरः


सबै तस्बिर प्रियंका कार्कीको इन्स्टाग्राम र फेसबुकबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप