प्रियंका कार्की विवाह बन्धनमा बाँधिदै, थाइल्याण्डमा मनाउँदै छिन् ‘ब्याचलोरेट पार्टी’
नायिका प्रियंका कार्की चाँडै नै विवाह बन्धनमा बाँधिने पक्कापक्की भएको छ । विवाहको मिति निश्चित भएर नै होला उनी अहिले ‘ब्याचलोरेट पार्टी’ मनाउन थाइल्याण्ड पुगेकी छिन् ।
प्रियंका मोडल आस्था पोखरेल, डिजाइनर सिवाङ्गी प्रधान, साहाना बज्राचार्यलगायत ६ जनाको टोली सहित अहिले थाइल्याण्डमा मस्ती गरिरहेको उनको इन्स्टाग्राम अकाउन्टमा देख्न सकिन्छ ।
प्रियंकाले एकदिन अघि मात्रै आफ्नो इन्स्टाग्राम अकाउन्टमा विमान अगाडि ६ जना बसेर खिचिएको फोटो पोष्ट गरेकी छिन् । जसमा उनले लेखेकी छिन्, ‘अनुमान गर्नुहोस् त कसको विवाह हुँदैछ ।’ त्यसपछि उनको इन्स्टाग्राममा स्टोरी र भित्ता त्यहाँ मस्ती गरिरहेका भिडियो र तस्बिरले भरिएका छन् ।
उता प्रियंका आफ्नो ‘गर्ल ग्याङ्ग’ सँग ब्याचलोरेट पार्टीमा रमाइरहेका बेला प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशी भने प्रियंकासँगको फोटो पोष्ट गरेर ‘मिस यु’ भनिरहेका छन् ।
उक्त तस्बिरमा प्रियंकाले पनि ‘आई मिस यू मोर’ भन्दै कमेन्ट गरेकी छिन् । उनीहरुको यो कमेन्टमा एक प्रयोगकर्ताले लेखेकी छिन्, ‘ब्याचलोरेटमा भविष्यका श्रीमानसँग कुरा गर्न मनाही छ ।’
प्रियंका र आयुष्मानले गत असर २८ गते आफन्त र निकटस्थहरुको सहभागितामा इन्गेजमेन्ट गरेका थिए । उनीहरुले आफ्नो डेढ वर्षको सम्बन्धलाई इन्गेजमेन्ट गरेर आधिकारिक रुप दिएका थिए । यद्यपि, उनीहरुको विवाहको मिती भने सार्वजनिक भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
