केन्द्रीय संस्करण
मधेस आन्दोलनको १३ वर्ष

म नढलेको भए रमेश महतो मारिने थिएनन्

person explore access_timeमाघ ५, २०७६ chat_bubble_outline0

२०६३ माघ ५ को दिन हो । मौसम प्रतिकूल थियो । सबैतिर बाक्लो हुस्सुले ढाकेको थियो । माघ १ गते अन्तरिम संविधान जारी भइसकेपछि मधेस आन्दोलनले गति लिने सङ्केत गरिसकेको थियो । किनभने संविधानले मुलुकको बहुसङ्ख्यक उत्पीडित समुदायको मुद्दा संघीयता र समावेशीतालाई ओझेलमा पार्ने काम गरेको थियो । खासगरी त्यसको सबैभन्दा धेरै मार मधेसी जनतामा प¥यो ।

उपेन्द्र यादव नेतृत्वको टोलीले सरकारलाई अन्तरिम संविधान जारी हुनभन्दा अघि नै मधेसी जनताको मागसहितको ज्ञापनपत्र बुझाएको थियो । तर, अन्तरिम संविधान जारी गर्ने समयमा सरकारले त्यसलाई बेवास्ता गरेपछि माघ २ गते काठमाडौँमै संविधान जलाउँदै गर्दा उपेन्द्र यादव, रामेश्वर राय यादव, निलम बर्मालगायत गिरफ्तारीमा परे । उनीहरुको पक्राउसँग मधेस तातियो । ठाउँठाउँमा बन्द, हड्ताल र आगजनी लगायतका घटनाक्रम बढ्यो ।

तत्कालीन नेकपा माओवादीले माघ ५ गते चितवनमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा म पनि सहभागी हुने कुरा थियो । किनभने म मधेसको सिनियर ब्रिगेड सह–कमाण्डर थिएँ । तत्कालीन सप्तरी जिल्लाका नेता अशोक मण्डल ‘अमर’ले हामी विहानै बाइकमा जाने कुराको सल्लाह गर्नुभएको थियो । सल्लाहअनुसार हामी रुपनीबाट विहान ७ बजेतिर बाइकमा हिँड्यौ ।

तर, सप्तरीको कल्याणपुर बजार मात्र के आइपुगेका थियौँ, अमरजीको मोबाइलमा फोन आयो । फोनमा के कुरा भयो, मैले केही थाहा पाइनँ । तर, फोन राख्ने बित्तिकै वहाँले बाइक पुनः रुपनीतिर फर्काउनुभयो  । ‘के भयो ?,’ मैले प्रश्न गरेँ, ‘किन बाइक फर्काउनुभएको ?’

‘माथिका नेताहरू पनि आउँदैहुनुहुन्छ । हामीहरु सँगै जानुपर्छ भन्नुभएको छ,’ वहाँले जवाफ दिनुभयो ।

जब हामी रुपनी बजार आइपुग्याँै । त्यहाँ आन्दोलनकारीहरु अन्तरिम संविधानविरुद्ध चक्का जाम गर्ने तयारी गर्दै थिए । आन्दोलनकारीमा सँगै जनयुद्ध लडेका सुरेन्द्र साहलगायतका साथीहरू हुनुहुन्थ्यो । त्यही भएर हामीलाई खासै समस्या परेन । हामी पुगेको केही बेरमा राम कार्कीलगायतका नेताहरु चढेको गाडी आइपुग्यो । हामी दुईजना पनि त्यही गाडीमा चढ्यौँ । ठाउँठाउँमा टायर बाल्न सुरु भइसकेको थियो । चोकमा हाम्रो गाडीलाई रोक्थे । हामीले आफ्नो कुरा भनेपछि आन्दोलनकारी साथीहरुले छोड्थे ।


हामी गाडीभित्रै थियौँ । बाहिर आन्दोलनकारीको सङ्ख्या बढ्न थालिसकेको थियो । बाहिर कोही पहाडी–मधेसीको कुरा गर्दै थिए । त्यतिकैमा कसैले गाडीमा आगो लगाऊ भनेको सुनेँ । केहीले ‘सारके (मधेसी भाषामा गाली) मार !’ भन्दै थिए । मेरो मनमा चिसो पस्न थालिसकेको थियो । केही अनिष्ट हुन्छ भन्ने डर लाग्न थाल्यो । जे होस् एक पटक सम्झाउने प्रयास गर्छु भन्ने लाग्यो । त्यसपछि म कुरा मिलाउन भनेर एक्लै गाडीबाट ओर्लिएँ ।


तर, जब हामी सिरहा जिल्ला प्रवेश ग¥यौँ, त्यहाँ माहोल अर्कै थियो । सप्तरीभन्दा त्यहाँको अवस्था ‘गरम’ थियो । आन्दोलनकारीले अस्पताल चोकमा हाम्रा सबै गाडी रोकिदिए । समयमै कार्यक्रममा कसरी पुग्ने तनाव थियो, अब त्यहाँबाट गाडी कसरी क्रस गराउने भन्ने अर्को तनाव थपियो । चारैतिरबाट फोन आउन थाल्यो । त्यसपछि म गाडीबाट ओर्लिएँ । धन्न आन्दोलनकारी साथीहरुको बीचमा धनेश्वर यादव हुनुहुँदो रहेछ । उहाँसँग मेरो चिनजान थियो । मैले हाम्रो बाध्यता वहाँलाई सुनाए र गाडी छाडिदिन आग्रह गरेँ । हाम्रो कुरा सुनेपछि वहाँहरुले गाडी छाड्नुभयो ।

 

 


त्यहाँबाट अघि बढेर नजिकै लहान चोकमा के आइपुगेका थियौँ, आन्दोलनकारी साथीहरुले फेरि गाडी रोके । हामीले गाडी छाड्न आग्रह गरे पनि त्यहाँका आन्दोलनकारी साथीहरु टसमस भएनन् ।

हामी गाडीभित्रै थियौँ । बाहिर आन्दोलनकारीको सङ्ख्या बढ्न थालिसकेको थियो । बाहिर कोही पहाडी–मधेसीको कुरा गर्दै थिए । त्यतिकैमा कसैले गाडीमा आगो लगाऊ भनेको सुनेँ । केहीले ‘सारके (मधेसी भाषामा गाली) मार !’ भन्दै थिए ।

मेरो मनमा चिसो पस्न थालिसकेको थियो । केही अनिष्ट हुन्छ भन्ने डर लाग्न थाल्यो । जे होस् एक पटक सम्झाउने प्रयास गर्छु भन्ने लाग्यो । त्यसपछि म कुरा मिलाउन भनेर एक्लै गाडीबाट ओर्लिएँ ।

आन्दोलनकारी साथीहरुको भीडमा छिरेर ‘हाम्रो गाडी जान दिनुहोस्’ भनेर मात्र के भनेको थिएँ, ‘पहाडीके दलाल, अहिना मधेसी सबके कारण मधेसी अधिकारसे बञ्चित हैत आएल अइछ (यो पहाडीको दलाल हो, यस्तै मधेसी दलालहरुको कारण मधेसीले मुक्ति पाएका छैनन्)’ भन्दै एक हुल आएर एक्कासी ममाथि आक्रमण गर्न थाले ।

गाडीमा म र अमर मात्र दुईजना मधेसी मात्र थियौँ । हामीसँग एउटा स्कार्पियो र दुईवटा बसहरु थिए । सबैमा पहाडीमुलकै साथीहरु हुनुहुन्थ्यो । राम कार्की, सुरेन्द्र कार्की, जनमुक्ति सेनाको कमान्डर बासुदेव घिमिरे पावेल, जुगल र विजय लिम्बुलगायतका साथीहरु थिए ।

जनयुद्ध ताका २०६२ असार ५ गते दिकतेल मोर्चामा म सख्त घाइते भएको थिएँ । जनयुद्धको कमाण्डर भए पनि ममाथि आक्रमण भइरहँदा मैले उनीहरुको प्रतिबाद नै गर्न सकिनँ । ममाथि प्रहार हुन थालेपछि मैले केही थाहै पाइनँ । म सडकमै ढलेछु ।


एकै क्षणमा लहान बजार रणभूमि बन्यो । हाम्रा साथीहरु गाडी छोडेर भागाभाग गर्न थाले । आन्दोलनकारीले गाडीहरु जलाइदिए । मलाई प्रहरीले घेराहाली उद्धार गरेर नजिकैको चौकीमा लगे । प्रहरी चौकीमाथि पनि हमला भइरहयो । मलाई मार्न भनेर आन्दोलनकारीहरु प्रहरी चौकीमाथि पटकपटक हमला गरिरहे । मेरो मुर्छित शरीर भने प्रहरी कार्यालयमा लास जस्तै एउटा कुनामा ढलेको थियो ।

 


त्यसपछि स्थिति झन् तनावग्रस्त भएछ । पछि मात्र थाहा भयो, म ढलेपछि गोली फायर भएछ । त्यहीँ रमेश महतो मारिएछन् । उनी मधेस आन्दोलनका प्रथम सहिद बनेछन् । सायद त्यो दिन ममाथि आक्रमण नभएको भए रमेश मारिने थिएनन् होला ।

एकै क्षणमा लहान बजार रणभूमि बन्यो । हाम्रा साथीहरु गाडी छोडेर भागाभाग गर्न थाले । आन्दोलनकारीले गाडीहरु जलाइदिए । मलाई प्रहरीले घेराहाली उद्धार गरेर नजिकैको चौकीमा लगे । प्रहरी चौकीमाथि पनि हमला भइरहयो । मलाई मार्न भनेर आन्दोलनकारीहरु प्रहरी चौकीमाथि पटकपटक हमला गरिरहे । मेरो मुर्छित शरीर भने प्रहरी कार्यालयमा लास जस्तै एउटा कुनामा ढलेको थियो ।

साँझसम्म आन्दोनकारीहरुले प्रहरी चौकीमाथि हमला गरिरहे । मेरो स्वास्थ्य स्थिति बिग्रेपछि राति सुरक्षाघेराको बीच एम्बुलेन्स बोलाएर मलाई धरान अस्पताल लगियो ।

धेरै दिनपछि मात्र होस फि-यो । त्यतिखेर लहान प्रहरीको थानामा ईन्सपेक्टर लक्ष्मण गिरी र जिल्लाका एसपी विज्ञानराज शर्मा  हुनुहुन्थ्यो । उहाँहरुको भूमिका सराहनीय थियो ।

०००

पहिलो मधेस आन्दोलन भएको १३ वर्ष बितिसकेको छ । तर, आज मधेसमा जुन उपलब्धि भएको छ त्यो हिजोका आन्दोलन अनुकुल छैन । अहिले मधेसी जनताले नेतामाथि आरोप लगाउँदैछन् । उनीहरु भन्छन्, ‘मधेसी नेताहरूले मर्न मात्र सिकाए, बाँच्न सिकाएनन् । मधेस आन्दोलनले जनतालाई अधिकार दिएन । बरु नेताहरुलाई सामन्त बनाइदियो, जातिवादी बनाइदियो ।’

अहिले पनि मधेसका वास्तविक उत्पीडित जनताको समस्या ज्यूँका त्यूँ छन् । आन्दोलनपछि मधेसको सामाजिक विकृति र विसंगतिमाथि प्रहार हुन सकेन, केवल मधेसी र पहाडी जनताको भावनामाथि प्रहार भयो  । आज मधेसमा मधेसी दलकै सरकार छ तर सबैभन्दा धेरै भ्रष्टाचार यहीँ छ । कहाँ हरायो उनीहरुको मधेसप्रतिको भावना ? कसले खोस्यो दियो मधेसको एजेन्डा ? आखिर उनीहरुलाई पनि सता र सरकार नै चाहिने रहेछ । अहिले सरकारमा जान मरिहत्ते गर्छन्, शासककै दलाली गर्छन् । अहिले मधेसी दल पनि पनि अन्य दलकै बाटोमा छन् । मधेसी जनतालाई पालैपालो मधेसी दलले नै ठगिरहेका छन् ।

त्यसैले अब मधेसी जनता एकपटक फेरि आफ्नै मधेसी शासक र जमिनदार नेताविरुद्ध लड्ने बेला आएको छ । उनीहरुविरुद्ध न लडेसम्म उत्पीडित मधेसी जनताले वास्तविक मुक्ति र अधिकार प्राप्त गर्न सक्दैनन् भने कुराको हेक्का राख्न जरुरी छ । अब पहाडी वा मधेसी होइन नेपाली बनेर मुलुकको सोच्न जरुरी छ ।

(साह तत्कालीन जनमुक्ति सेनाको कमान्डर हुन् ।)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.