दुई आयोगको पदाधिकारीको नाम सिफारिस, अध्यक्षमा भट्ट र सुवेदी
शनिबार, ०४ माघ २०७६, १५ : १४
काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको अध्यक्षसहित ५ पदाधिकारी नाम सिफारिस भएको छ । शनिबार बसेको दुई आयोगका पदाधिकारीको सिफारिस गर्न गठित समितिले कानु्नमन्त्रीमार्फत पदाधिकारी नाम मन्त्रीपरिषदमा सिफारिस गरेको कानुन न्याय, तथा संसदीय मामिला मन्त्रालयका सहायक प्रवक्ता कमलराज गौतमले जानकारी दिए ।
तर स्रोतका अनुसार सत्य निरुपणको अध्यक्षमा गणेश दत्त भट्ट र बेपत्ता छानबिन आयोगमा युवराज सुवेदीको नाम सिफारिस भएका छन् । सत्य निरुपणमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस भएको छ । यस्तै वेपत्ता छानविन आयोगको सदस्यहरुमा शिवदत्त भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस भएको छ ।
मन्त्रालयका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले सबै पदाधिकारीको नाम अनु्मोदन गर्नेछ ।
पो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ