अभिनेत्री प्रियंका कार्कीले आयुष्मानसँग लगनगाँठो कस्दै, भयो इन्गेजमेन्ट
शनिबार, ३० असार २०७५, २१ : २१

काठमाडौं– अभिनेत्री प्रियंका कार्कीले नायक आयुष्मान देशराज श्रेष्ठ जोशीसँगको डेढ वर्षयताको अफयेरलाई विबाहमा परिणत गर्न लागेकी छिन् ।
शनिबार प्रियंका र आयुष्मानका आफन्त र निकटस्थहरुको सहभागितामा यी दुईबीचको इन्जेगमेन्ट सम्पन्न भएको छ । अभिनेत्री दीपाश्री निरौलाले प्रियंका र आयुष्मानको शनिबार इन्गेजमेन्ट भएको रातोपाटीलाई जानकारी दिइन् ।
इन्गेजमेन्टको फोटो तथा तस्बिर पूर्व मिस नेपाल तथा प्रियंकाकी बुहारी जेनिशा मोक्तानले सार्वजनिक गरेकी छन् । प्रियंका र आयुष्मानका बीच इन्गेजमेन्ट भएपनि बैबाहिक कार्यक्रम कहिले हुने भन्नेबारे भने केहि खुलाइएको छैन ।
अहिलेकी निकै व्यस्त र चर्चित नायिका प्रियंका र नायक आयुष्मान पछिल्लो समय सार्वजनिक कार्यक्रममा सँगै देखिँदै आएका थिए ।