अभिनेत्री प्रियंका कार्कीले आयुष्मानसँग लगनगाँठो कस्दै, भयो इन्गेजमेन्ट
शनिबार, ३० असार २०७५, २१ : २१
काठमाडौं– अभिनेत्री प्रियंका कार्कीले नायक आयुष्मान देशराज श्रेष्ठ जोशीसँगको डेढ वर्षयताको अफयेरलाई विबाहमा परिणत गर्न लागेकी छिन् ।
शनिबार प्रियंका र आयुष्मानका आफन्त र निकटस्थहरुको सहभागितामा यी दुईबीचको इन्जेगमेन्ट सम्पन्न भएको छ । अभिनेत्री दीपाश्री निरौलाले प्रियंका र आयुष्मानको शनिबार इन्गेजमेन्ट भएको रातोपाटीलाई जानकारी दिइन् ।
इन्गेजमेन्टको फोटो तथा तस्बिर पूर्व मिस नेपाल तथा प्रियंकाकी बुहारी जेनिशा मोक्तानले सार्वजनिक गरेकी छन् । प्रियंका र आयुष्मानका बीच इन्गेजमेन्ट भएपनि बैबाहिक कार्यक्रम कहिले हुने भन्नेबारे भने केहि खुलाइएको छैन ।
अहिलेकी निकै व्यस्त र चर्चित नायिका प्रियंका र नायक आयुष्मान पछिल्लो समय सार्वजनिक कार्यक्रममा सँगै देखिँदै आएका थिए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण