शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेगन र ह्यारीको बच्चा आर्ची जन्मने बित्तिकै केही व्यक्ति निकै तल्लो स्तरमा आए

शुक्रबार, २७ वैशाख २०७६, ०९ : ५५
शुक्रबार, २७ वैशाख २०७६

आर्ची ह्यारिसन माउन्टब्याटन –विन्डसर । यो नाम हो राजकुमार ह्यारी र मेगन मर्कलको छोराको । ६ मेमा मेगनले आर्चीलाई जन्म दिइन् । हुन त थुप्रै महिनादेखि संसारभरीको नजर मेगनको डेलिभरीमा अड्किएको थियो । मानिसहरु आफ्नै घरमा सन्तान जन्मिन लागेको झैं गरी प्रतिक्षा गरिरहेका थिए । अब शाही परिवारको हिस्सा हुनु जति फाइदाजनक छ त्यती नै नोक्सानी पनि । पूरा संसार तपाईंको नीजि जीवनमा प्रवेश गर्न खोज्छ । त्यसमाथि आफ्ना धारणा लाद्ने कोसिससमेत गर्छन् । ट्रोलको त कुरै नगरौं । आर्ची जन्मिएको दुई दिनपछि मेगन र ह्यारीले आफ्नो बच्चा संसारलाई चिनाए । यो उनीहरुको शाही कर्तव्य पनि हो । तीनैजनाको तस्बिर इन्टरनेटमा आगो झैं फैलियो ।

र के हुनु थियो ट्रोलर्सले आफ्नो रङ देखाइहाले । उनीहरुले मेगन र भर्खरै जन्मेका आर्चीबारे भद्दा टिप्पणी गर्न सुरु गरे । शाही परिवारले आफ्नो आधिकारिक पेजमा ह्यारी, मेगन र आर्चीको तस्बिर पोष्ट गरेको थियो । ती तस्बिरमा कमेन्ट गर्दै मानिसहरुले मेगनलाई ‘ईर्ष्यालु, लोभी र लाज पचेकी’ समेत भन्न सुरु गरे । एक ट्रोलरले त मेगनको कपालको पनि मजाक उडाए । जुन महिलाले दुई दिनअघि मात्रै एक सन्तानलाई जन्म दिएकी छिन् भने त्यतिबेला सायद उनको प्राथमिकतामा उनको कपाल नपरेको हुनसक्छ । हो, मेगन शाही परिवारकी बुहारी हुन् । उनलाई ती सबै वस्तुको पहुँच हुन्छ जुन साधारण महिलालाई हुँदैन । तर बच्चा जन्माउनु हरेक महिलाको लागि त्यति नै मुश्किल हुन्छ ।

केही मानिसहरुले मेगनलाई इर्ष्यालु बताए । कतिले मेगन रानी बन्न चाहने र जेठानी केट मिडल्टन हुँदा सपना पूरा गर्न नसक्ने भएकाले उनलाई केटको निकै ईर्ष्या लाग्ने धेरैले बताएका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

First appearance for the family of 3! 🧸👶🏻❤️

A post shared by Meghan Markle (@hrhofsussex) on

राजकुमार ह्यारीसँग विवाह गरेदेखि नै मेगनलाई ट्रोलरले आफ्नो निशानामा पारेका छन् । मिडियामा उनीबारे सधैंजसो केही न केही खबर आइरहेकै हुन्छ । मेगनको यो दोस्रो विवाह हो । उनी सम्बन्धविच्छेद गरेकी महिला हुन् । यो कुरा ब्रिटिश समाजका धेरैजसो समुदायलाई पचिरहेको छैन । साथै, मेगन मिश्रित नश्लकी हुन् । उनका पिता श्वेत अमेरिकी हुन् भने आमा अफ्रिकी अमेरिकी । यो कुरा पनि धेरैलाई मन पर्दैन । त्यसकारण उनीहरु मेगनबारे भद्दा टिप्पणी गरिरहन्छन् । मानिसहरुले आर्चीलाई पनि निशाना बनाएपछि उनीहरुले सीमा पार गरेका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Ready for his closeup! 💙

A post shared by Meghan Markle (@hrhofsussex) on

यसै क्रममा डेनी बेकर नामको रेडियो होस्टले निकै वाहियात तस्बिर ट्वीट गरेका छन् ।

डेनीले शाही बच्चाको तुलना एउटा बाँदरसँग गरे । यो निकै आपत्तिजनक छ । मेगनका पूर्वज अफ्रिकाका थिए । केही रेसिस्टले अफ्रिकी नश्लको तुलना बाँदरसँग गर्छन् । यो तस्बिरले पनि यस्तै बताइरहेको छ ।

यो ट्वीटपछि मानिसहरु निकै रुष्ट भए । त्यसपछि डेनीले यो तस्बिर हटाए । साथै उनले स्पष्टिकरण पनि दिने प्रयास गरे । तर यो एउटा तस्बिरको मात्र कुरा होइन ।

जो व्यक्तिको सोच सानो छ, उनीहरु मेगनलाई टार्गेट गर्छन् । अब उनीहरुले बच्चाका पनि मजाक उडाउन सुरु गरेका छन् । मात्र यसकारण किनभने बच्चा मिश्रित नश्लको हो । ब्रिटिश समाजका विभिन्न तप्कालाई ‘गोरो’ हुनुमा गर्व छ । उनीहरु अन्य नश्ललाई आफूभन्दा कमजोर ठान्छन् । यो घृणा त्यसैको नतिजा हो । तर यो भर्खरै जन्मिएको बच्चामाथि पोख्नु लज्जाको मात्र नभई घृणित कुरा हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप