शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ नागरिकलाई यसरी लगियो एयरपोर्ट, भिडियोमा हेर्नुहोस्

बुधबार, २३ पुस २०७६, १७ : २३
बुधबार, २३ पुस २०७६

काठमाडौँ । नेपालमा पक्राउ परेका चिनियाँ नागरिकलाई बुधबार चीन पठाइँदैछ । उनीहरुलाई लिन दुई वटा चिनियाँ चार्टड विमान नेपाल आएका छन् । 

पहिलो लटमा प्रहरीले ४० चिनियाँलाई भाडाको बसमा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएकोमा दोस्रो लटमा भने प्रहरीकै भ्यानमा राखेर विमानस्थल पुर्याइएको छ । 

उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगन्ज, सोह्रखुट्टे सिंहदरबार र महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको थियो । 

जिल्ला अदालत काठमाडौँबाट १ हजार धरौटीमा रिहा भएका उनीहरुलाई यहाँको कानुनी प्रक्रिया पूरा भएपछि चीनले स्वदेश फिर्ता लैजान लागेको हो । चार्टर्ड विमानमार्फत उनीहरूलाई चीनमा लगेर थप अनुसन्धान गरिने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप