चिनियाँ नागरिक लिन चाइना इस्टर्नको जहाज आइपुग्यो
बुधबार, २३ पुस २०७६, १६ : ३५
काठमाडौँ । नेपालमा पक्राउ परेका चिनियाँ नागरिकलाई लिन चाइना इस्टर्नको चार्टड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ ।
सो जहाजमा पक्राउ परेकामध्ये ४२ जना चिनियाँ नागरिकलाई लगिने छ । महानगरीय प्रहरी वृत्त महाराजगन्ज र बूढानीलकण्ठ बृत्तमा राखिएका ४० जनालाई भाडाको बसमा राखेर प्रहरीले विमानस्थलमा पुर्याएको थियो ।
बाँकी ८० जनालाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टे सिंहदरबार, महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएकालाई भने दोस्रो फ्लाइटमा चीन पठाइएनेछ । गत ७ पुसमा चिनियाँहरु राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण