बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

भाडाको बसमा राखेर चिनियाँलाई पुर्‍याइयो एयरपोर्ट (फोटोफिचर)

बुधबार, २३ पुस २०७६, १६ : २०
बुधबार, २३ पुस २०७६

काठमाडौँ । नेपालमा पक्राउ परेकामध्ये ४२ जना चिनियाँ नागरिकलाई भाडाको बसमा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्ज र बूढानीलकण्ठ बृत्तमा राखिएका उनीहरुलाई भाडाको बसमा राखेर प्रहरीले विमानस्थलमा पुर्याएको हो ।

प्रहरीका अनुसार ती ४२ जनालाई पहिलो चाइन इस्टर्नको पहिलो चार्टड फ्लाइटमार्फत चीन पठाइनेछ । बाँकी ८० जनालाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टे सिंहदरबार, महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएकालाई भने दोस्रो फ्लाइटमा चीन पठाइएनेछ । 


जिल्ला अदालत काठमाडौँबाट १ हजार धरौटीमा रिहा भएका उनीहरुलाई यहाँको कानुनी प्रक्रिया पूरा भएपछि चीनले स्वदेश फिर्ता लैजान लागेको हो । उनीहरुलाई लिन २ वटा चिनियाँ जहाज नेपाल आएको हो । 

यसो त ३ दिनअघि नै चिनियाँ प्रहरीको ८ जनाको टोली नेपाल आइसकेको प्रहरी स्रोतले जनाएको छ। ती प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकबाट बरामद भएका सामानहरु त्रिभुवन विमानस्थलमा बुधबार बुझेका छन् । प्रहरीले बरामद भएका सामानहरु गाडीमा हालेर विमानस्थलमा पुर्याइ चिनियाँ टोलीलाई बुझाएको थियो । 

चार्टर्ड विमानमार्फत उनीहरूलाई चीनमा लगेर थप अनुसन्धान गरिने बताइएको छ । 

पक्राउ परेकामध्ये ३१ जना चिनियाँसँग मात्र पासपोर्ट भेटिएको छ । उनीहरूको समेत पासपोर्ट रद्द गरी सबैको ट्राभल डकुमेन्ट काठमाडौंस्थित चिनियाँ दूतावासले जारी गरिसकेको छ । गत ७ पुसमा चिनियाँहरु राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप