शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बगदाद विमानस्थलमा हवाई आक्रमण गरी अमेरिकाद्वारा इरानी कुड्स फोर्सका प्रमुखको हत्या

मध्यपूर्वमा तनाव भड्कने आशंका
शुक्रबार, १८ पुस २०७६, ०९ : १९
शुक्रबार, १८ पुस २०७६

अमेरिकाले बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको हवाई हमला परी इरानी रिभोलुसनरी गार्डको कुड्स फोर्सका जनरल कासिम सोलेमानी मारिएका छन् । यसको जिम्मेवारी अमेरिकाले लिएको छ । यस हमलामा कताइब हिज्बुल्लाहका कमान्डर अबू महदी अल–मुहादिस पनि मारिएका छन् ।

पेन्टागनले ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा’ उनको हत्या गरिएको पुष्टि गरेको छ ।

बगदादको अन्तर्राष्ट्रिय एयरपोर्टमा हमलाको खबरपछि कासिमको मृत्युको खबर आएको हो । उक्त हमलामा अन्य धेरैको मृत्यु भएको खबर छ ।

इरानको रिभोलुसनरी गार्डले पनि जनरल कारिमको मृत्यु भएको पुष्टि गरेको छ । उनीहरुले अमेरिकी हेलिकप्टरमार्फत् आक्रमण भएको बताएका छन् ।

‘राष्ट्रपतिको निर्देशनमा अमेरिकी सेनाले विदेशमा रहेका अमेरिकी नागरिकको रक्षार्थ निर्णायक रक्षात्मक कदम अनुरुप कासिमको हत्या गरेको हो । अमेरिकाले उनलाई आतंकवादी घोषित गरेको थियो,’ पेन्टागनले एक विज्ञप्ती जारी गर्दै भनेको छ ।

‘सोलेमानी गत २७ डिसेम्बरसहित कयौँ महिनादेखि इराकस्थित अमेरिकी सैन्य ठेगानामाथि हमला गर्नमा शामेल थिए । यसको अलावा अमेरिकी दूतावासमा भएको भएको हमला पनि उनले आफ्नो स्वीकृति दिएका थिए ।’

‘यो हमला इरानले भविष्यमा गर्न सक्ने आक्रमणलाई विफल पार्न गरिएको हो । संयुक्त अमेरिकाले आफ्नो जनताको रक्षाका लागि संसार भरी नै उचित कदम चाल्नेछ ।’

बगदादस्थित अमेरिकी राजदूतावासमाथि प्रदर्शनकारीले केही दिन अघि आक्रमण गरेका थिए र प्रदर्शनको क्रममा अमेरिकी सेनासँगको भीडन्त पनि भएको थियो ।

जनरल कासिम सुलेमानीको हत्यालाई मध्य–पूर्वसँग जोडिएको एउटा ठूलो घटना बताइएको छ । यसले ईरान र उसले समर्थित मध्यपूर्वका शक्तिले इजरायल र अमेरिकाविरुद्ध जोडदार जवाफी कारवाही गर्ने आशंका गरिएको छ ।

गत आइतबार अमेरिकाले पूर्वी सिरिया र पश्चिमी इराकस्थित कताइब हिज्बुल्लाह सङ्गठनको ठेगानामा निशाना बनाएको थियो । यसमा कम्तिमा २५ लडाकु मारिएका थिए ।

सोमबार इराकी प्रधानमन्त्री आदिल अब्दुल महदीले अमेरिकाको हवाई हमलाले उसको देशको सम्प्रभुतालाई उल्लङ्घन गरेको बताउँदै अमेरिकासँगको सम्बन्धको समीक्षा गर्ने बताएका थिए ।

त्यस्तै, कताइब हिज्बुल्लाहको कमान्डर अबू महदी अल–मुहासिले इराकस्थित अमेरिकी बललाई जवाफ दिने बताएका थिए ।

यसपछि मङ्गलबार बगदादस्थित अमेरिकी दूतावासमा प्रदर्शनकारीहरुले हमला गरेका थिए । अमेरिकाले यसमा ईरानलाई जिम्मेवार ठहराएका थिए । सुलेमानीलाई पश्चिम एसियामा ईरानी गतिविधिको प्रमुख रणनीतिकार मानिन्छ ।

कुड्स सेना

कुड्स फोर्स ईरानको इस्लामिक रिभुलुसनरी गार्डस्को एक शाखा हो । यसले देशबाहिर आफ्नो अभियानहरुलाई सञ्चालन गर्नेगर्छ । यसका प्रमुख मेजर जनरल कासिम सुलेमानी देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई प्रति जवाफदेही थिए । उनलाई खामेनेईसँग निकट मानिन्थ्यो । उनलाई भविष्यको नेताको रुपमा हेरिएको थियो ।

सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको सैन्य हमलामा इराकमा सद्दाम हुसैनको सत्ता खत्तम भएपछि मध्यपूर्वमा कुड्स सेनाले आफ्नो अभियान तीव्र बनाएको थियो ।

ईरानको समर्थन गर्ने अन्य देशका सरकारविरोधी गुटलाई कुड्सले हतियार, पैसा र प्रशिक्षण दिन शुरु गरेको थियो ।

यसै वर्ष अप्रिलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुड्स फोर्सको ‘विदेशी आतङ्कवादी संगठन’ करार गरेका थिए । अमेरिकाले कुनै दोस्रो देशको सरकारसँग जोडिएको सङ्गठनलाई चरमपन्थी बताएको यो पहिलो पटक थियो ।

अमेरिकाको फैसलापछि ईरानले खाडी क्षेत्रमा अमेरिकी सेना आफै आतङ्कवादी गुटभन्दा कम नभएको प्रतिक्रिया दिएको थियो ।

सन् २००१ र २००६ का बीच बेलायतका विदेशमन्त्री रहेका ज्याक स्ट्रले कयौँ पटक ईरानको भ्रमण गरेका थिए । उनका अनुसार जनरल कासिम सुलेमानीको भूमिका महज एक सैन्य कमान्डरमात्र थिए ।

‘सेनाको ताकतसँगै सुलेमानी मित्र देशका लागि ईरानको विदेश नीति चलाइरहेका थिए,’ उनले भनेका थिए ।


उनले इराकी मिलिसियाका प्रमुख अबु महदी अल–मुहान्दिसको पनि हत्या भएको बताएका छन् ।

‘राष्ट्रपतिको निर्देशनमा अमेरिकी सेनाले विदेशमा रहेका अमेरिकी नागरिकको रक्षार्थ निर्णायक रक्षात्मक कदम अनुरुप कासिमको हत्या गरेको हो,’ पेन्टागनले एक विज्ञप्ती जारी गर्दै भनेको छ ।

‘यो हमला इरानले भविष्यमा गर्न सक्ने आक्रमणलाई विफल पार्न गरिएको हो । संयुक्त अमेरिकाले आफ्नो जनताको रक्षाका लागि संसार भरी नै उचित कदम चाल्नेछ ।’

बगदादस्थित अमेरिकी राजदूतावासलाई प्रदर्शनकारीले केही दिन अघि घेरेका थिए र प्रदर्शनको क्रममा अमेरिकी सेनासँगको भीडन्त पनि भएको थियो । यो हमला त्यही घटनासँग सम्बन्धित भएको अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप