आत्महत्या गरेका टिभी नायक कुशलको सुसाइड नोटमा के थियो ?
शनिबार, १२ पुस २०७६, ०७ : ३७

भारतीय टिभी जगतका चर्चित नायक कुशल पंजाबीले बिहिबार राती पंखामा झुण्डिएर आत्महत्या गरेका छन् ।
मुम्बई पुलिसले उनले आत्महत्या गरेको पुष्टि गरेको छ । उनलाई भाभा अस्पताल पुर्याइएको थियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।
पुलिसले कुशलको घरबाट सुसाइड नोट पनि पाएको छ । पुलिसका अनुसार कुशलले साढे एक पानाको नोटमा उनको मृत्युको लागि कसैलाई जिम्मेवार नदेखाउन आग्रह गरेका छन् ।
याे पनिः
पुलिसका अनुसार उक्त सुसाइड नोटमा लेखिएको छ, ‘मेरो सम्पत्तिको ५० प्रतिशत हिस्सा मेरा आमाबुवा र बहिनीलाई बराबर बाँडियोस् जबकी बाँकी भएको ५० प्रतिशत मेरा तीन वर्षका छोरालाई दिइयोस् ।’
कुशलले सन् २०१५ मा अड्री डलेनसँग विवाह गरेका थिए, अप्रिल सन् २०१६ मा उनीहरुको छोरा जन्मिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्शदीपको नाममा नयाँ रेकर्ड
-
भारी वर्षाले दिल्लीमा चार तले भवन भत्कियो, ४ जनाको मृत्यु
-
पाकिस्तानमा केएफसीविरुद्ध प्रदर्शन, एकको मृत्यु
-
धवलशमशेरलाई रिहा गर्न प्रहरीले बोलायो परिवार
-
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
-
भारतीय उपराष्ट्रपति धनखडले न्यायपालिकाबारे के भने जसले बहस निम्त्यायो?