मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

४ वर्षअघि युरोपेली प्रेमिकासँग गरेका थिए विवाह, फिटनेस फ्रिक थिए कुशाल पंजाबी

शुक्रबार, ११ पुस २०७६, १२ : १२
शुक्रबार, ११ पुस २०७६

नायक कुशाल पंजाबीको आकस्मिक निधनले टिभी जगतका कलाकार र प्रशंसक शोकमा छन् । ३७ वर्षका कुशाल पंजाबीले आत्महत्या गर्नु साँच्चै नै दुःखदायी छ । उनले किन आत्महत्याको बाटो रोजे त्यसको खुलासा भने भइसकेको छैन ।

कुशालको जीवनको उतारचढावबारे केही जानकारी यहाँ प्रस्तुत छः

कुशाल पंजाबीले रियालिटी गेम शो ‘जोरका झट्काः टोटल वाइपआउट’ को उपाधि जितेका थिए । यो गेम शो जितेर कुशालले ६० लाख भारु जितेका थिए । उनले थुप्रै म्युजिक भिडियोमा पनि काम गरेका थिए ।

कुशाल सिन्धी परिवारबाट थिए । वाल्यकालमा कुशाललाई साइक्लिङ्ग, स्केटिङ, स्विमिङ र डान्सिङको शौख थियो । कुशल एड्भेन्चर स्पोर्टस एक्टिभिटीको विषयमा प्यासोनेट थिए ।

कुशाल पंजाबी उत्कृष्ट नायक हुनुका साथै शानदार डान्सर पनि थिए । उनी ज्याज र हिपहप डान्स फर्ममा एक्सपर्ट थिए । कुशाललाई भ्रमण र आउटडोरको ठूलो शौख थियो ।

कुशाल पंजाबीको नीजि जीवनको कुरा गर्नुपर्दा उनले युरोपेली प्रेमिका Audrey Dolhen सँग  सन् २०१५ सँग विवाह गरेका थिए । उनको विवाह गोवामा निकै नजिकका आफन्तहरुको उपस्थितीमा भएको थियो । दुबैका एक छोरा छन् ।

कुशाल पंजाबी आफ्ना छोरासँग निकै प्रेम गर्दथे । कुशालको इन्स्टा प्रोफाइललाई हेरेर यसको अन्दाज लगाउन सकिन्छ । उनले पोष्ट गर्ने तस्बिरहरुमा कुशालको छोरासँग शानदार बन्डिङ देख्न पाइन्छ ।

कुशाल पंजाबी फिटनेस फ्रिक थिए । उनी इन्स्टामा व्यायाम र जिमिङको तस्बिर पोष्ट गरिरहन्थे । कुशालको सुगठित शरीर थियो ।

कुशाल पंजाबीले लक्ष्य, काल, धन धना धन गोल, अन्दाज, सलाम–ए–इश्कमा काम गरेका छन् । फिल्मबाहेक उन टिभीमा पनि सक्रिय रहे ।


कुशालले सिआइडी, अन्तरिक्ष, कसम से, सन्तान, हम तुम, अदालत, इश्कमे मरजावा, क्या हाल मिस्टर पांचालजस्ता कार्यक्रममा काम गरेका थिए । कुशालले विभिन्न रियालिटी शोमा पनि भाग लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप