देउवाले सानेपा बोलाउँदा सिटौलासहित पौडेल पक्ष बोहोराटारमा !
काठमाडौं । काँग्रेस संस्थापन र इतर पक्षका नेताहरु केन्द्रीय समिति बैठकअघि आन्तरिक छलफलमा जुटेका छन् । पार्टी सापति शेरबहादुर देउवा पक्षका नेताहरु पार्टी कार्यालय सानेपामा भेला भएका छन् भने वरिष्ठ नेता पौडेल पक्षका नेता उनको निवास बोहोराटारमा छलफलमा छन् । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले देउवा पक्षका नेता पार्टी कार्यालयमा भेला भएको बताए ।
यता पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारी पार्टीमा तेस्रो धारको नेतृत्व गर्दै आएका कृष्ण सिटौलासहित पौडेल पक्षका नेताहरु अपरान्ह १२ बजेदेखि बोहोराटारमा भेला भएको रातोपाटीलाई जानकारी दिए । अधिकारीका अनुसार बोहोराटारमा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा. रामशरण महत, डा. शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, कल्याण गुरुङल र हृदयराम थानीलगायतको उपस्थित रहेको छ । देउवा पक्षले सहमति नभएका विषयमा पार्टी कार्यालयमा छलफल गर्न पौडल पक्षलाई बोलाइएको थियो । तर पौडेल पक्षका नेताहरुले आफ्नो अन्तिम रणनीति बनाएर सानेपा प्रवेशको तयारी स्वरुप बोहोराटारमा भेला भएको हुन् ।
हिजो सिंह निवास चाक्सीबारीमा भएको देउवा–पौडेल पक्षको वार्ता कमिटी केन्द्रीय कार्यसमिति बैठकअघि सानेपामा छलफल गर्ने सहमतिका साथ टुंगिएको थियो । तर पौडेल सबै नेताहरुलाई देउवा पक्षसँग अहिलेसम्म वार्ताका क्रममा भएको प्रगतिबारे आफू पक्षीय नेता नेताहरुलाई बिफ्रिङ गरिरहेको अधिकारीले बताए । उनका अनुसार आजको बैठकमा पौडेल पक्ष जाने नजाने निर्णय पनि बोहोराटारको बेलाले गर्नेछ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति पछि ठोरी नाकामा समस्या देखियो,समाधानको पहल गरियोस् : थपलिया
-
संसद्मा शाहीले भने– नदीमा नागरिक गुहार मागिरहेका थिए, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहेको थियो
-
सांसदहरूद्वारा कर्णालीमा दुर्घटना रोक्ने योजनाका लागि सरकारलाई रुलिङ गर्न माग
-
हालान्ड इंग्ल्यान्डका लागि सबैभन्दा ठुलो खतरा
-
सङ्घीयताको विषयमा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ : सांसद राई
-
भग्नावशेषमा च्यापिएका बाबु र भाइहरूको जीवन बचाउने ती ‘हिरो’ छोरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
