नेकपा स्थायी समिति बैठक : झलनाथ ५ मिनेट ढिलो पुगे, ओलीको कुर्सी खाली राखेर सुरु भयो बैठक

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक पार्टी कार्यालय धुम्वाराहीमा सुरु भएको छ ।
एक वर्षपछि बसेको स्थायी समिति बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन् । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली भने उपस्थित छैनन् ।
यसअघि आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा केहीबेर सहभागी भएका ओली धुम्बराहीको बैठकमा सहभागी नभएका हुन् । ओली सोमबारको बैठकमा पनि उपस्थित हुने सम्भावना नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘प्रधानमन्त्री अझै पनि रेस्टमै भएकाले स्थायी कमिटि बैठकमा सहभागी नहुनुभएको हो । यद्यपी दुवै अध्यक्षबीच निरन्तर छलफल भइरहेको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका नेकपाको प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए ।
४५ सदस्यीय नेकपाको स्थायी समितिका अधिकांश सदस्य सहभागी भएका छन् । बैठकको अग्रभागमा सचिवालय सदस्यहरु बसेका छन् । जसमा प्रधानमन्त्री समेत रहेका ओलीका लागि पनि कुर्सी भने तयारी अवस्थामा राखिएको छ । उपप्रधानमन्त्री समेत रहेका रक्षा मन्त्री ईश्वर पोखरेल र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको बीचमा ओलीका लागि कुर्सी छुट्याइएको छ । तर उनको कुर्सी खाली देखिन्छ ।
त्यस्तै वरिष्ठ नेता झलनाथ खनाल पनि निर्धारित समयभन्दा केही ढिलो पुगेकाले उनको कुर्सी पनि खाली देखिएको छ । खनाल बैठक सुरु भएको ५ मिनेटपछि पुगेको उनका प्रेस सहयोगी कृष्ण भट्टराईले जानकारी दिए ।
बैठकका लागि पार्टीको सचिवालयले पाँच एजेन्डा तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमालाई व्यवस्थित गर्न काम थालिसक्यौँ : मन्त्री पौडेल
-
कोशी प्रदेशसभामा उठ्यो भ्रष्टाचारी ठहरिएका पराजुलीको विषय
-
काठमाडौँबाट ठुलो परिमाणमा ट्रामाडोल क्याप्सुलसहित २ व्यक्ति पक्राउ
-
‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’
-
भियतनाममा पनि पोखराकै जस्तो बेलुन विस्फोट, जन्मदिन मनाउँदा भयो यस्तो घटना
-
‘आवश्यक जनशक्ति नहुँदा जयनगर-जनकपुर रेल्वे सेवा घाटामा’