नेकपा सचिवालय बैठक : स्थायी समिति बैठकका लागि ५ एजेण्डा तय
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकले स्थायी समिति बैठकका लागि एजेन्डा तय गरेको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले स्थायी समिति बैठकका लागि पाँचवटा एजेन्डा तय गरेको जानकारी दिएका हुन् ।
श्रेष्ठका अनुसार स्थायी समिति बैठकका लागि राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, विधान संशोधन गर्ने, केन्द्रीय कमिटी बैठक बोलाउने, भारतसँगको सीमा विवाद र विविध एजेन्डा गरिएको छ ।
करिब एक वर्षपछि आइतबार दिँउसो पार्टीको स्थायी समिति बैठक बस्दैछ । तीन–तीन महिना बस्नुपर्ने बैठक विभिन्न कारण देखाउँदै बस्न सकिरहेको थियो । आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
आजको सचिवालय बैठकमा केही बेर प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए । ओलीले बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । श्रेष्ठका अनुसार प्रम ओलीले सचिवालय सदस्यहरुलाई आफ्नो स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जानकारी दिएका थिए । बैठकले प्रम ओलीको स्वास्थ्यलाभको कामना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण