नेकपा सचिवालय बैठक : स्थायी समिति बैठकका लागि ५ एजेण्डा तय

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकले स्थायी समिति बैठकका लागि एजेन्डा तय गरेको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले स्थायी समिति बैठकका लागि पाँचवटा एजेन्डा तय गरेको जानकारी दिएका हुन् ।
श्रेष्ठका अनुसार स्थायी समिति बैठकका लागि राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, विधान संशोधन गर्ने, केन्द्रीय कमिटी बैठक बोलाउने, भारतसँगको सीमा विवाद र विविध एजेन्डा गरिएको छ ।
करिब एक वर्षपछि आइतबार दिँउसो पार्टीको स्थायी समिति बैठक बस्दैछ । तीन–तीन महिना बस्नुपर्ने बैठक विभिन्न कारण देखाउँदै बस्न सकिरहेको थियो । आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
आजको सचिवालय बैठकमा केही बेर प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए । ओलीले बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । श्रेष्ठका अनुसार प्रम ओलीले सचिवालय सदस्यहरुलाई आफ्नो स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जानकारी दिएका थिए । बैठकले प्रम ओलीको स्वास्थ्यलाभको कामना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको रविको दाबीबारे के भन्छन् पूर्वमहामन्त्री ढकाल ?
-
माइतीघरदेखि नयाँ बानेश्वरसम्म शिक्षकहरूको सिटी जुलुस प्रदर्शन (तस्बिरहरू)
-
अफगानिस्तानलाई हराउन नेपालले १६९ रन बनाउनुपर्ने
-
रामकृष्ण ढकालको गीत ‘यो माया बसेर हो कि’ सार्वजनिक
-
दुई बेलायती सांसदले इजरायलमा पाएनन् ‘इन्ट्री’
-
प्यालेष्टिनी स्वास्थ्यकर्मीको हत्यामा त्रुटि भएको इजरायलले स्वीकार्यो