शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लण्डन ब्रिजका २८ वर्षे हमलाकर्ता ८ वर्षसम्म जेलमा बसेर अघिल्लो वर्ष मात्रै भएका थिए रिहा

शनिबार, १४ मङ्सिर २०७६, १० : २५
शनिबार, १४ मङ्सिर २०७६

लण्डन ब्रिजमा अन्धाधुन्ध चक्कु प्रहार गरी दुईजनाको ज्यान लिने व्यक्तिको पहिचान २८ वर्षे उस्मान खानको रुपमा खुलेको छ ।

एन्टी टेरर पुलिसले स्टाफोर्डसायरमा रहेको एक घरको खानतलासी गरेको छ जुन खानसँग सम्बन्धित थियो ।

सहायक आयुक्त निल बासुले घटनामा एक महिला र एक पुरुषको हत्या भएको पुष्टि गरेका छन् ।


बासुका अनुसार स्टोक–अन–ट्रेन्टका खानलाई यसअघि पनि आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा सन् २०१२ मा ८ वर्षका लागि जेल सजाय सुनाइएको थियो ।

उनलाई सन् २०१८ मा लाइसेन्समा रिहा गरिएको थियो । उनले घटनाका बेला पनि मोनिटरिङ ट्याग लगाएका थिए ।

खानले पाँच मिनेटको उक्त घटनाअघि भवन उडाइदिने धम्की दिएका थिए । यद्यपि, उनको लण्डन ब्रिजमा हत्या गरिएको छ ।

ती हत्यारालाई सन् २०१० को डिसेम्बर २० मा पनि पक्राउ गरिएको थियो । उनले आफ्ना ९ जना अल कायदाबाट प्रभावित समूहसँग मिलेर लण्डन स्टक एक्सचेन्जको शौचालयमा बम राख्ने योजना बुनेका थिए ।

पुलिसले अमेरिकी दूतावास र लण्डनका तत्कालीन मेयर बोरिस जोनसन र सेन्ट पाउलका डिनको प्रमुख गिर्जाघरलाई टार्गेट गरिएको हस्तलिखित सूची पनि भेटेको थियो ।

यसका साथै उनीहरुले शहरका विभिन्न प्रमुख इलाकालाई टार्गेट गरेका थिए । सुरक्षा निकायले उनीहरुको घर र कारभित्र गोप्य रुपमा राखेको माइक्रोफोनमा ब्रिटेनको सडकमा  उनीहरुले मुम्बईको अत्याचारबारे छलफल गरिरहेको सुनेपछि सन् २००८ मा भारतमा भएको छापामार शैलीको आक्रमण हुने सुरक्षाकर्मीले छाँटकाँट देखे तसर्थ पक्राउ गरको थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप