लण्डन ब्रिजमा अन्धाधुन्ध छुरी प्रहारः दुईको मृत्यु, हमलाकर्ताको हत्या
केन्द्रीय लण्डनस्थित लण्डन ब्रिजमा भएको अन्धाधुन्ध छुरी प्रहार हुँदा दुईजनाको मृत्यु भएको छ । पुलिसले संदिग्ध हमलाकर्ताको गोली हानी हत्या गरेको छ ।
उक्त घटनाको केही घण्टापछि नै शहरको द हेगको स्थानीय पुलिसका अनुसार एक डिपार्टमेन्टल स्टोरमा एक व्यक्तिले चक्कु हमला गरेर कम्तीमा तीनजनालाई घाइते बनाइ फरार भएका छन् । पुलिसका अनुुसार हमलाकर्ताको उमेर ४०–५० वर्षको हाराहारीमा थियो । पुलिसले हमलाकर्ताको खोजी गरिरहेको छ ।
उता लण्डन ब्रिजमा भएको हमलालाई लण्डन मेट्रोपोलिटन पुलिसले ‘आतंककारी घटना’ को संज्ञा दिएको छ ।
पुलिसका अनुसार हमलाकर्ताको घटनास्थलमा नै मत्यु भएको र उनले नक्कली बिस्फोटक ज्याकेट लगाएका थिए ।
मेट्रोपोलिटन पुलिसकी प्रमुख क्रेसिडा डिकले घटनापछि पत्रकार सम्मेलनमा चक्कु हमलाको घटना सबैभन्दा पहिले फिशमन्गर हलमा भएको बताएकी छिन् ।
उनका अनुसार खबर पाएलगत्तै पाँच मिनेटभित्र पुलिस घटनास्थल पुगेको थियो ।
क्रेसिडा डिकले पुलिसले वास्तवमा के भएको थियो र यो घटनामा अन्य कोही व्यक्तिको पनि संलग्न छ भनी अनुसन्धान गरिरहेको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
-
सरकारलाई सोनम वाङचुकको पत्र : आश्वासन पाए अनशन तोड्ने, नभए अनिश्चितकालीन आन्दोलन
-
निर्माणाधीन जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण