१८ वर्षीया छोरीको कुमारित्व परीक्षण गराइरहने र्यापर एवं नायक टिआइको खुलासा

अमेरिकाका चर्चित र्यापर एवं नायक टिआइले आफ्नी छोरीको नीजि जीवनबारे अचम्मित गरिदिने खुलासा गरेका छन् । एक कार्यक्रमका बेला र्यापरले वर्षको एकपटक आफ्नी छोरीको कुमारित्व (भर्जिनिटी) परीक्षण गर्ने बताएका छन । उनको यस्तो भनाई पछि उनका प्रशंसक र सिने जगतका हस्तीले रोष व्यक्त गर्न सुरु गरेका छन् ।
अचम्मित भए कार्यक्रमका प्रस्तोताः
टिआइको यो सनसनीपूर्ण खुलासा पछि कार्यक्रमका प्रस्तोता अचम्मित भए । सुरुमा उनलाई टिआइले ठट्टा गरिरहेको सोचे तर पछि उनी आफ्नो बयानका लागि निकै सिरियस भएको देखिएपछि उनी साँच्चै नै जिल्ल परे । र्यापरका अनुसार जब उनकी छोरी कलेज जान सुरु गरिन् तबदेखि छोरीले आफूसँग यौनसम्बन्धि कुराकानी गर्न सुरु गरेको बताए ।
छोरीको जन्मदिनको भोलिपल्टै आफूले उनलाई स्त्रीरोग विशेषज्ञकोमा लिएर जाने र सबैकुरा ठिक भए नभएको परीक्षण गर्ने टिआइले बताए । यद्यपि, यो बयानपछि नै र्यापरलाई सोसल मिडिया प्रयोगकर्ताले गाली गर्न सुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रिमा किन गर्ने शिवको पूजा ?
-
ढाकास्थित नेपाली दूतावासमा सेना दिवस र साहित्यिक महोत्सव सम्पन्न
-
भद्रपुर झापा गोल्डकप : दोस्रो सेमिफाइनलमा झापा ११ र भुटानको डागा युनाइटेड भिड्दै
-
स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबिच आज उपाधि भिडन्त
-
पशुपतिनाथ क्षेत्रमा ४ हजार प्रहरी परिचालन, कहाँ–कहाँ छ पार्किङ सुविधा ?