‘विवाहको पहिलो रातका लागि तयार थिइनँ, यसका लागि मेरो मर्जी सोधिएन’
एक भारतीय मिडियामा प्रकाशित यो ब्लग लेख्ने २८ वर्षकी महिला हुन् । उनी एक स्वस्थ सम्बन्धमा छिन् । उनको एक सन्तान पनि छ । जब उनी आफ्नो विवाहको सुरुवाती दिन याद गर्छिन् तब असहज महसुस गर्छिन् । आज पनि । उनको गोपनियताको सम्मान गर्दै यहाँ उनको नाम उल्लेख गरिएको छैन ।
सबैको जीवनमा केही यस्ता कुरा हुन्छन् जसलाई हामी कोहीसँग पनि सेयर गर्दैनौं । आफ्ना साथी, प्रेमी वा श्रीमान्, कोहीसँग पनि गर्न सक्दैनौं । किनभने ती कुरा सेयर गर्नुको कुनै तुक छैन । र वर्षौंपछि त यसबारे कुरा गर्छु भनेर सोच्न पनि सकिँदैन । तर यस्ता कुराले जीवनलाई भने प्रभावित पारिरहेको हुन्छ ।
मेरो विवाह सन् २०१२ मा भएको थियो । तर यसको पनि अचम्मको कहानी छ । मेरो घरका मानिसहरु मेरी दिदीलाई हेर्न आएका थिए । तर उनीहरुलाई म मनपर्यो । मेरो माइतीले केटाको सरकारी जागिर छ भन्दै सम्बन्ध स्विकार गरे । सबैजना राजी भए । मैले पनि विरोध गरिनँ । तर मेरो अचानक किन विवाह गर्न लागेको भनेर साधेँ, कसैबाट पनि चित्तबुझ्दो जवाफ पाउन सकिनँ ।
आमाले धेरैको विवाह यही उमेरमा हुने बताउनुभयो । उहाँको पनि त्यही उमेरको भएको रे । साधारण हो रे । मैले पनि यसलाई मानेँ ।
पढाईकै बीच मेरो विवाह भयो । मागी विवाह । २१ वर्षको उमेरमा । म गर्ल्स स्कूल र कलेजमा पढेकी थिएँ । त्यसकारण केटाहरु साथी थिएनन् ।
मेरो संयुक्त परिवार थियो । त्यसकारण श्रीमानसँग इन्गेजमेन्टपछि विवाहमा मात्रै भेटेँ । इन्गेजमेन्ट र विवाहबीच धेरै समयको फरक पनि थिएन । विवाह पछि म उनको घर पुगेँ । दिनभरीको तामझामले निकै थाकेको थिएँ, मलाई बेस्सरी थकाई लागेको थियो ।
पहिलो रात थियो । म श्रीमानसँग धेरै कुरा गर्न चाहन्थेँ । उनीसँग सहज हुन चाहन्थेँ । उनको घर–परिवारसँग जोडिएका कुराहरु थाहा पाउन चाहन्थेँ ।
तर यस्तो भएन । मेरा श्रीमानले बुझ्न सकेनन् कि म उनीसँग सहज थिइनँ । उनले मेरो इच्छा नदेखेझैं गरिदिए । मेरो मर्जी बिना उनले ममाथि ती सबै कुरा गरे जुन फिल्ममा सुहागरातमा गरेको देखिन्थ्यो । म त्यसको लागि तयार थिइनँ ।
म पीडामा थिएँ । मलाई नराम्रो महसुस भइरहेको थियो । आफूलाई लाचार पाइरहेको थिएँ । अत्यधिक असहज थिएँ तर केही भन्न सकिनँ । त्यतिबेलाको समय सोच्दा अहिले पनि खुसी हुने क्षण कुनै पनि सम्झन सक्दिनँ । मात्र पीडा र अपमान याद आउँछ । मलाई श्रीमानसँग सहज हुन निकै समय लाग्यो । सोच्छु कि श्रीमानले यत्रो ठूलो कुरा कसरी बुझ्न सकेनन् । तर सायद उनलाई यी सबै कुरा महसुस गर्न सिकाइएन होला ।
यस्तो होइन कि म आफ्नो श्रीमानलाई प्रेम गर्दिनँ । आज मेरो पाँच वर्षको एउटा छोरा छ । तर आज पनि मलाई त्यो दिन सम्झँदा अचम्मको महसुस हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण