‘विवाहको पहिलो रातका लागि तयार थिइनँ, यसका लागि मेरो मर्जी सोधिएन’
एक भारतीय मिडियामा प्रकाशित यो ब्लग लेख्ने २८ वर्षकी महिला हुन् । उनी एक स्वस्थ सम्बन्धमा छिन् । उनको एक सन्तान पनि छ । जब उनी आफ्नो विवाहको सुरुवाती दिन याद गर्छिन् तब असहज महसुस गर्छिन् । आज पनि । उनको गोपनियताको सम्मान गर्दै यहाँ उनको नाम उल्लेख गरिएको छैन ।
सबैको जीवनमा केही यस्ता कुरा हुन्छन् जसलाई हामी कोहीसँग पनि सेयर गर्दैनौं । आफ्ना साथी, प्रेमी वा श्रीमान्, कोहीसँग पनि गर्न सक्दैनौं । किनभने ती कुरा सेयर गर्नुको कुनै तुक छैन । र वर्षौंपछि त यसबारे कुरा गर्छु भनेर सोच्न पनि सकिँदैन । तर यस्ता कुराले जीवनलाई भने प्रभावित पारिरहेको हुन्छ ।
मेरो विवाह सन् २०१२ मा भएको थियो । तर यसको पनि अचम्मको कहानी छ । मेरो घरका मानिसहरु मेरी दिदीलाई हेर्न आएका थिए । तर उनीहरुलाई म मनपर्यो । मेरो माइतीले केटाको सरकारी जागिर छ भन्दै सम्बन्ध स्विकार गरे । सबैजना राजी भए । मैले पनि विरोध गरिनँ । तर मेरो अचानक किन विवाह गर्न लागेको भनेर साधेँ, कसैबाट पनि चित्तबुझ्दो जवाफ पाउन सकिनँ ।
आमाले धेरैको विवाह यही उमेरमा हुने बताउनुभयो । उहाँको पनि त्यही उमेरको भएको रे । साधारण हो रे । मैले पनि यसलाई मानेँ ।
पढाईकै बीच मेरो विवाह भयो । मागी विवाह । २१ वर्षको उमेरमा । म गर्ल्स स्कूल र कलेजमा पढेकी थिएँ । त्यसकारण केटाहरु साथी थिएनन् ।
मेरो संयुक्त परिवार थियो । त्यसकारण श्रीमानसँग इन्गेजमेन्टपछि विवाहमा मात्रै भेटेँ । इन्गेजमेन्ट र विवाहबीच धेरै समयको फरक पनि थिएन । विवाह पछि म उनको घर पुगेँ । दिनभरीको तामझामले निकै थाकेको थिएँ, मलाई बेस्सरी थकाई लागेको थियो ।
पहिलो रात थियो । म श्रीमानसँग धेरै कुरा गर्न चाहन्थेँ । उनीसँग सहज हुन चाहन्थेँ । उनको घर–परिवारसँग जोडिएका कुराहरु थाहा पाउन चाहन्थेँ ।
तर यस्तो भएन । मेरा श्रीमानले बुझ्न सकेनन् कि म उनीसँग सहज थिइनँ । उनले मेरो इच्छा नदेखेझैं गरिदिए । मेरो मर्जी बिना उनले ममाथि ती सबै कुरा गरे जुन फिल्ममा सुहागरातमा गरेको देखिन्थ्यो । म त्यसको लागि तयार थिइनँ ।
म पीडामा थिएँ । मलाई नराम्रो महसुस भइरहेको थियो । आफूलाई लाचार पाइरहेको थिएँ । अत्यधिक असहज थिएँ तर केही भन्न सकिनँ । त्यतिबेलाको समय सोच्दा अहिले पनि खुसी हुने क्षण कुनै पनि सम्झन सक्दिनँ । मात्र पीडा र अपमान याद आउँछ । मलाई श्रीमानसँग सहज हुन निकै समय लाग्यो । सोच्छु कि श्रीमानले यत्रो ठूलो कुरा कसरी बुझ्न सकेनन् । तर सायद उनलाई यी सबै कुरा महसुस गर्न सिकाइएन होला ।
यस्तो होइन कि म आफ्नो श्रीमानलाई प्रेम गर्दिनँ । आज मेरो पाँच वर्षको एउटा छोरा छ । तर आज पनि मलाई त्यो दिन सम्झँदा अचम्मको महसुस हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण