शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आइएसआईका पूर्व प्रमुख बगदादीकी दिदी, भिनाजुपछि अब श्रीमती पक्राउ

बिहीबार, २१ कात्तिक २०७६, ०७ : ०८
बिहीबार, २१ कात्तिक २०७६

टर्कीको सुरक्षा बलले इस्लामिक स्टेटका पूर्व प्रमुख अबू बकर अल बगदादीकी श्रीमतीलाई पक्राउ गरिएको टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले बताएका छन् ।

यसअघि मंगलबार टर्कीले बगदादीकी दिदीलाई पनि हिरासतमा लिएको जानकारी दिएको छ ।

बगदादीले गत महिना अमेरिकाको विशेष दलको एक अभियानमा  आत्मघाती बिस्फोटमार्फत् आफूलाई उडाएका थिए । अमेरिकी बलले यो अभियान सिरियाको उत्तर पश्चिम हिस्सामा चलाएको थियो ।

बगदादीको मृत्यु, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको जीतको रुपमा पेश गरिएको छ तर उनका आलोचकका अनुसार सिरिया र अन्य देशमा इस्लामिक स्टेटको खतरा यथावत छ ।

इस्लामिक स्टेटले बगदादीको मृत्यु भएको पुष्टि गर्दै नयाँ नेताको नाम घोषणा गरेको छ ।


अर्दोआनले के भने ?

अर्दोआनले टर्कीको राजधानी अंकारामा बगदादीकी श्रीमती पक्राउ परेको जानकारी दिएका छन् । टर्कीले उनका भिनाजुलाई पनि पक्राउ गरिएको अर्दोआनले जानकारी दिए ।

बगदादीविरुद्ध चलाईएको अभियानका लागि अमेरिकी अधिकारीको तर्फबाट जारी जानकारीतर्फ संकेत गर्दै अर्दोआनले भने, ‘बगदादीले एक सुरुङभित्र आफ्नै ज्यान लिएको अमेरिकाले बताएको छ । उनीहरुले यसका लागि अभियान नै चलाए । तर म पहिलो पटक यसको घोषणा गरिरहेको छु कि हामीले उनकी (बगदादी) की श्रीमतीलाई पक्राउ गरेका छौं र उनले बगदादीले झैं चिच्याउने कराउने गरिनन् ।’

Photo: Reuters

दिदीसँग जारी छ सोधपुछः

अर्दोआनले थपे, ‘यसै गरी हामीले उनका दिदी र भिनाजुलाई पनि सिरियाबाट पक्राउ गरेका छौं ।’

टर्कीका अधिकारीले मंगलबार दिएको जानकारी अनुसार उनीहरुले बगदादीकी दिदी रस्मिया अवादलाई पक्राउ गरहेको र उनीमार्फत् आइएसबारे महत्वपूर्ण जानकारी हासिल गर्न सकिने छ ।

रिपोर्टका अनुसार उनीहरुले सोमबार अलप्पो प्रान्तबाट उनलाई त्यतिबेला पक्राउ गरिएको थियो जब उनी आफ्ना श्रीमान् र पाँच सन्तानसहित एक ट्रेलरमा बसेर जाँदै थिइन् । टर्कीका अधिकारीले समाचार एजेन्सी एपीसँगको कुराकानीमा उनीसँग आइएसबारे सोधपुछको क्रम जारी रहेको जानकारी दिए ।

बीबीसीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप