एक हप्ता अघि मारिएका आइएस प्रमुखकी दिदी पक्राउ
चरमपन्थी समूह इस्लामिक स्टेट (आइएस) का पूर्व प्रमुख अबु बक्र अल–बगदादीकी दिदीलाई उत्तरी सिरियामा पक्राउ गरिएको टर्कीले बताएको छ । बगदादीको एक अमेरिकी हमलामा मृत्यु भएको थियो ।
बगदादीकी दिदी ६५ वर्षीया रस्मिया अवादलाई उत्तरी सिरियामा टर्कीको कब्जा भएको अजाज शहरमा पक्राउ गरियो । उनी त्यहाँ आफ्ना श्रीमान् र परिवारलाई अन्य सदस्यसँग बसिरहेकी थिइन् ।
टर्कीका एक अधिकारीका अनुसार यो गिरफ्तारीले आइएससँग जोडिएका थुप्रै महत्वपूर्ण गोप्य जानकारीबाट पर्दा हट्न सक्छ ।
यद्यपि, जानकारले टर्कीको यो दाबीमाथि शंका गरेका छन् तर उनीहरुले बगदादीको जीवन र इस्लामिक स्टेटको ढाँचाबारे केही जानकारी पाइने आशा भने गरेका छन् ।
बगदादीको दिदीबारे निकै कम जानकारी छ र बीबीसीले अहिलेसम्म स्वतन्त्र रुपमा पक्राउ महिलाको पहिचानको पुष्टि गर्न सक्षम छैन ।
न्यूयोर्क टाइम्सले दिएको खबर अनुसार बगदादीका पाँच भाइ र थुप्रै दिदी बहिनी छन् । यद्यपि, उनीहरु सबै जीवित छ छैन भनेर स्पष्ट छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण