प्रधानमन्त्रीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण
काठमाडौँ– तेस्रो पटक डायलाइसिस गर्न प्रधानमन्त्री केपी ओलीलाई ग्राण्डी अस्पताल लगिएको छ ।
बालुवटार उच्च स्रोतका अनुसार आइतबार बिहान नौ बजे प्रधानमन्त्री बालुवाटारबाट डायलासिस गर्न ग्राण्डीतर्फ प्रस्थान गरेका हुन् ।
**अपडेट
प्रधानमन्त्री केपी ओलीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ ।
यसअघि प्रधानमन्त्रीको धापासीस्थित ग्राण्डी अस्पतालमा डायलासिस गर्न बालुवाटारबाट प्रधानमन्त्री निस्किएको बताइएपनि उनी ग्राण्डी नगएर त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा गएका थिए ।
त्यहाँ प्रधानमन्त्रीको एक्सरे गरिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले त्रिवि शिक्षण अस्पतालमा एक्सरे गरेर प्रधानमन्त्री बालुवाटार फर्केर मन्त्रिपरिषदको अध्यक्षता गरिरहेको जानकारी दिए ।
प्रम ओलीको एक्सरे गर्दा फोक्सोमा जमेको पानी सुकेको पाइएपछि उनलाई बालुवाटार नै फर्काइएको बताइएको छ ।
प्रधानमन्त्री अस्पताल जानुपर्नेभएपछि मन्त्रिपरिषद बैठक समेत पछि सरेको छ । बिहान ११ बजेलाई राखिएको मन्त्रिपरिषद बैठक अव अपरान्ह मात्रै बस्ने छ । ‘प्रमज्यू अस्पताल जानुपरेपछि क्याविनेट बैठक ३ बजेपछि मात्रै बस्ने भएको छ,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘त्यसपछि मात्रै सचिवालय बैठक बस्नेछ ।’ प्रधानमन्त्रीको गत बुधबार पहिलो र बिहीबार दोस्रो हेमोडायलाइसिस गरिएको थियो ।
गत बुधबार निममित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका प्रधानमन्त्री ओलीलाई भर्ना नै गरेर हेमो डायलासिस गरिएको थियो ।
तर, प्रधानमन्त्रीको स्वास्थ्यअवस्था गोप्य राखेपछि अस्पताल र प्रधानमन्त्रीको सचिवालयको चर्को आलोचना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
