सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

यस्ता छन् महराविरुद्धको अभियोग पुष्टि गर्न प्रस्तुत सबुद प्रमाण र १५२ थान कागजात

शुक्रबार, १५ कात्तिक २०७६, १७ : १३
शुक्रबार, १५ कात्तिक २०७६

काठमाडौँ । निवर्तमान सभामुखकृष्णबहादुर महराविरुद्ध जर्वजस्ती करणी उद्योग अन्तरगत सजायसहितको माग दावी गर्दै सरकारी वकिलको कार्यलयले अदालतमा दायर गरेको अभियोग पत्रमा ५ वटा सबुद प्रमाणसहित घटनासँग सम्बन्धित १५२ वटा कागजपत्र प्रमाणका रुपमा पेश गरेको छ ।

सरकारी वकिलको कार्यालयले बिहीबार अदालतमा दायर गरेको अभियोगपत्रमा सवुद प्रमाणका रुपमा घट्नास्थलको फोटो र पीडितले बोलेको भिडियो रहेको पेनड्राइभदेखि घटनास्थलबाट संकलन भएको चस्माको डण्डी र चस्माको सीसा समेत रहेका छन् । घटनास्थलबाट बरामद सिसाको गिलास, रक्सीको बोतल हाम्रा कुरा डटकमका प्रधानसम्पादकले अजयबाबु सिवाकोटीले पीडितसँग लिएको अन्र्तवार्ता रहेको डीभीडी रहेका छन् । त्यस्तै घटनाको दशी प्रमाण तथा कसुरसँग सम्बन्धित चिज बस्तुमा गवाह जाहेरवाला  पीडित तथा देख्ने सुन्नेहरुको बयान समेटेको छ । जसको देख्ने सुन्नेमा महराकै सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरु छन् ।


यस्ता छन् प्रमाणका कागजात :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप