श्रीमतीले फुटाइदिएकी थिइन् महराको मोबाइल !
काठमाडौँ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहारको आरोपमा पक्राउपछि मुद्दा चलाइएका निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रयोग गर्ने गरेको मोवाइल फोन घटनाबारे समाचार सार्वजनिक भएपछि उनकी श्रीमती सीता महराले फुटाइदिएको बयान दिएकी छन् ।
उनले मोवाइल फोनकै कारण घट्ना हुन गएको भन्दै आफू मोवाइल फुटाउने निर्णयमा पुगेको समेत सीताले बयानमा भनेकी छन् ।
सरकारी वकिलको कार्यालय मार्फत अदालतमा दायर अभियोगपत्रमा महराकी श्रीमती सिता महराले दिएको बयानमा ‘मिति २०७६ असोज १३ गते विभिन्न सञ्चारमाध्यमहरुमा मेरो श्रीमान् कृष्णबहादुर महराले मिति असोज १२ गते परिवर्तित नाम (वृत्त नयाँबानेश्वर–२६(३०)२०६७।०७७ लाई निज पीडितको कोठामा गई जवरजस्ती करणी गर्न खोजेको र मेरो श्रीमानको मोवाइलबाट पीडितको मोवाइलमा म्यासेज समेत पठाएको भन्ने समचारहरु आएपछि मलाई रिस उठी सम्पूर्ण समस्याको कारण श्रीमानको मोवाइल ठानी निजले प्रयोग गर्ने मोवाइल मैले खोसेर फाली फुटाइदिएकी थिएँ,’ सीताको बयानमा उल्लेख छ ।
महराले प्रहरीलाई र सरकारी वकिलको कार्यालयले घटना भएका बेला प्रयोग भएको मोबाइल फोन दिएका थिएनन । उनले घटनापछि आफुले प्रयोग गर्दै आएको मोबाइल फोन फुटेको बताएका थिए ।
सरकारी वकिलको कार्यालयले तयार पारेर अदालतमा दायर भएको अभियोग पत्रको पेज नम्बर १६ मा महरा पत्नी सीताले दिएको घट्ना विवरण उल्लेख छ । जसमा सीताले उक्त मोवाइल आफुले फुटाएको भएतापनि सुरक्षित साथ राखेको तर पछि कोठा सर्ने बेलामा हराएको बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण