केन्द्रीय संस्करण
समाचार

आलमको बचाउमा उत्रिएका देउवा ‘ब्याक’

person explore access_timeकात्तिक २, २०७६ chat_bubble_outline1
file photo

काठमाडौं – सांसद मोहम्मद आफताब आलमलाई पक्राउ गरिनु काँग्रेसविरुद्धको षड्यन्त्र भएको प्रतिक्रिया दिएका काँग्रेस सभापति शेरबहादुर देउवाले उक्त अभिव्यक्तिमा संशोधन गरेको छन् ।

शुक्रबार पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटनमा देउवाले आलम पक्राउको विरोध गरेका थिए ।  सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि देउवाले शनिबार दिउँसो प्रेस विज्ञप्ति जारी गरी आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दवावमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई काँग्रेसले सहयोग गर्ने बताएका छन् । 

१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गरिएकोप्रति आपत्ति जनाउँदै देउवाले त्यतिबेला के हेरेर बसेको भन्दै प्रश्न गरेको थिए । उक्त अभिव्यक्तिलाई संशोधन गर्दै विज्ञप्तिमार्फत देउवाले भने, ‘कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्बेषण गर्ने कार्यमा बाधा पुग्छ नै । १२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ ।’ 

कानुनी राज्यमा विश्वास गर्ने नेपाली काँग्रेस कोहीमाथि पनि अनुसन्धानको विपक्षमा नउभिने उनको तर्क छ । ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ ।


 

 २०६४ सालमा सम्पन्न पहिलोे संविधानसभा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा रौतहटमा केही मानिसको मृत्यु भएको थियो । केही घाइते भएका थिए । 

तर प्रमाण नष्ट गर्नका लागि उनीहरुलार्ई  इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा किटानी जाहेरी परेपछि असोज २६ गते आलमलाई प्रहरीले पक्राउ गरेको हो ।

 


कमेन्ट

  1. Oct. 19, 2019, 6:31 p.m. मनि
    सारा जनता को बिरोध आउन थाले पछि आतिएयौ सेदे ??
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...