शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति भ्रमणको पूर्वसन्ध्यामा शंकास्पद १८ जना फ्रि–तिब्बत समर्थक पक्राउ

शुक्रबार, २४ असोज २०७६, १२ : ५२
शुक्रबार, २४ असोज २०७६

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा प्रहरीले १८ शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा केही तिब्बती शरणार्थी र केही बिरोध गर्न तयारी गरेका व्यक्ति रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

पक्राउ परेकाहरुबाट फ्रि–तिब्बतको झण्डालगायत शंकास्पद वस्तुहरु फेला परेको प्रहरीको भनाइ छ ।


राष्ट्रपति सीको भ्रमणको सुरक्षाका लागि व्यापक रुपमा सुरक्षा निकायहरुको परिचालन गरिएको छ ।

चीनबिरोधी गतिविधी रोक्न बौद्ध लगायतका क्षेत्रमा ठूलो मात्रामा प्रहरी परिचलन गरिएको छ ।

यस्तै, गण्डकी प्रदेशका ५ जिल्लामा रहेका तिब्बती शरणार्थी क्याम्पहरुमा पनि सुरक्षा निगरानी बढाइएको छ । पोखरा, तनहुँ, बाग्लुङ, मुस्ताङ र मनाङमा रहेका शरणार्थी क्याम्पमा प्रहरी परिचान गरिएको गण्डकी प्रदेश प्रमुख डिआइजी विनोद घिमिरेले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप