राष्ट्रपति सीको भ्रमणमा विरुद्ध प्रदर्शन गर्ने आशंकामा समाजवादी पार्टीकी नेतृ पक्राउ
काठमाडौं – उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीकी नेतृ सुनिता साहलाई प्रहरीले पक्राउ गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणमा विरोध प्रदर्शन गर्ने आशंकामा उनलाई पक्राउ गरिएको हो । तर सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईँले फरार अभियुक्त रहेकाले उनलाई पक्राउ गरेको दावी गरे ।
महनागरीय प्रहरी वृत कमलपोखरीले नेतृ साहलाई पक्राउ गर्न निर्देशन दिए अनुसार नै उनलाई पक्राउ गरिएको एसपी प्रसाँईले बताए । अभद्र व्यवहार गरेको आरोपमाउनी विरुद्ध कमलपोखरी प्रहरी वृतमा मुद्दा दर्ता गराएको थियो । सोही मुद्दा उनलाई पक्राउ गर्न पुर्जी जारी भएपछि पक्राउ गरिएको हो ।
यसअघि चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमण आएको बेला प्रदर्शन गर्दा उनीसहित १० जना पक्राउ परेको थियो । उनीहरुलाई त्यही दिनअघि तारेखमा रिहा गरेको थियो । राष्ट्रपति सीको भ्रमणमा पुनः प्रदर्शन गर्न सक्ने आशंकामा कमलपोखरी प्रहरी वृतको आदेशमा जिल्ला प्रहरी कार्यालयले साहलाई नीजको निवासबाट आज प्रकाउ गरिएको हो ।
उनलाई काठमाडौं पठाउने तयारी भइरहेको छ । आइतवार वा सोमवार काठमाडौं पठाउने एसपी प्रसाईले बताए । नेतृ साह समाजवादी पार्टीको प्रदेश २ को कार्यसमितिका सदस्य हुन् । उनले आफ्ना फेसबुकमार्फत पनि चिनियाँ राष्ट्रपति सीको भ्रमणको विरोध गरेकी छन् । तीन घण्टाअघि विभिन्न न्युज सेयर गर्दै भ्रमणको विरोध गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण