यस्तो छ नौबिसे–नागढुङ्गा सडकको ताजा अवस्था
काठमाडौँ– काठमाडौँ– नौबिसे नागढुङ्गा सडकखण्ड विगत चार दिनदेखि अत्यधिक सवारी जामको चपेटामा परेको छ । दसैँको मुखमा यात्रुहरु घण्टौँसम्म जाममा बिताउन बाध्य छन् ।
त्यस क्षेत्रको जाम अन्य दिनको तुलनामा शुक्रबार दिउँसोबाट केही हदसम्म खुलेको प्रहरी बताउँछ । तर जताततै बिग्रिएका सडकका कारण कुनैपनि बेला जाम बढ्न सक्ने प्रहरीले जनाएको छ ।
प्रहरी जाम हुनुको मुख्य कारण बिग्रेको सडक नै भएको बताउँछ । ‘जताततै सडक भत्केको छ । खाल्डाखुल्डी पनि यहिबेला पुर्न थालिएको छ । जसले गर्दा सडक हिलाम्य भएको छ,’ ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी इन्सपेक्टर रुकबहादुर खड्काले बताउँछन् ।
उनले ठूलो भारवहन क्षमताका १० चक्के ट्रक समेत यहि सडक भएर गुड्ने तर त्यस्ता ठूला सवारीसाधनलाई मोडमा मोड्ने ठाउ नपुगेकाले पनि समस्या भएको बताए ।
‘कतिपय स्थानमा लामा र ठूला सवारी साधनलाई मोडनै पुग्दैन । जर्वजस्ती ति गाडि चलाउँदा उकालोमा भार थाम्न नसक्दा बिग्रने गर्छन् । एउटा बिग्रेपछि पूरै सडक अवरुद्ध हुन्छ,’ उनले भने, ‘थानकोटदेखि खानी खोलासम्म २०/२५ वटा साना पुल छन् ति पुलमा ठूला सवारीलाई टर्निङ नै पुग्दैन ।’
त्यस्तै थानकोटदेखि धादिङको खत्रीपौवासँम्म चारवटा ट्रक बिग्रेका छन् । ती ट्रकका कारण पनि समस्या भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीमा हुने
-
टेलिकमको बिलिङ ठेक्कामा अर्यालसहित २३ जनालाई यसकारण चलाइएन मुद्दा
-
प्रधानमन्त्रीबाट निर्माणाधीन कीर्तिपुर रंगशालाको निरीक्षण
-
४ जनालाई ट्राफिकको जिम्मेवारीबाट हटाएर गणमा सरुवा
-
नेपाल लिकर्स प्रालिले ४६औं वार्षिकोत्सव मनायो
-
मिसन ८४ भनेको एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु हो : प्रधानमन्त्री