बिरामी मृत्यु प्रकरण : मृतकका भाइ भन्छन्, ‘जाममा परेर मृत्यु भएको होइन’
नागढुङ्गाको लामो जाममा परेर एक बिरामीको मृत्यु भएको खबर बाहिर आइरहँदा मृतकका भाइले भने बिरामी जाममा परेकै कारण मृत्यु नभएको प्रतिक्रिया दिएका छन् ।
रातोपाटीसँग कुराकानी गर्दै मृतकका भाइ रामबाबु साहले दाइको मृत्यु जाममा परेको कारण नभएको बताएका हुन् ।
बिगत २ वर्षदेखि दुवै मिर्गौला फेल भइ डाइलिसिस गराइरहेका गौर नगरपालिका–७ रौतहटका ३५ वर्षीय रुपलाल साहको शुक्रबार बिहान ४ बजे मृत्यु भएको थियो ।
जनकपुरमा डाइलिसिस गराइरहेका साहलाई त्यहाँका डाक्टरले पाइप परिवर्तन गर्न भन्दै काठमाडौँ पठाएका थिए । बिहीबार साँझ जनकपुरबाट आमासँगै काठमाडौँतर्फ आएका साहको शुक्रबार बिहान ४ बजे नौबिसेबाट १२ किलोमिटर तल हुलाकीडाँडा भन्ने स्थानमा मृत्यु भएको हो । यो सिम्लेको नजिकै रहेको स्थान हो, जुन स्थानसम्म जाम शुरु भएको हुँदैन ।
डाइलिसिस गर्ने बिरामीको घाँटीमा पाइप राखिएको हुन्छ । तर पाइपमा समस्या देखिएपछि जनकपुरका डाक्टरले पाइप परिवर्तनका लागि भन्दै बिरामीलाई काठमाडौँ रेफर गरेका थिए । पाइप परिवर्तन गर्न काठमाडौं आउँदै गर्दा आमाकै काखमा रुपलालको मृत्यु भएको हो ।
एम्बुलेन्समा ल्याउने खर्च नभएर गाडीमा ल्याएको हल्लामात्रै
विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा एम्बुलेन्समा उपचारका लागि ल्याउने खर्च नभएको कारण यात्रुबाहक बसमा बिरामी ल्याउनुपरेको समाचार बाहिर आएका छन् । यद्यपि मृतकका भाइ रामबाबु साहले भने एम्बुलेन्समा ल्याउने खर्च नभएर बसमा ल्याएको भन्ने समाचार झूटो भएको बताए । उनले भने ‘एम्बुलेन्समा ल्याउने खर्च नभएर बसमा ल्याएको भन्ने समाचार झुटो हो । जनकपुरमा हुँदा अवस्था सामान्य नै थियो, त्यही भएर यात्रुवाहक बसमै काठमाडौँ आएका हौँ । तर नौबिसे नजिकै आएपछि दाइको मृत्यु भयो ।’
इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठका अनुसार ना ७ ख ५३६४ नम्बरको यात्रुबाहक बसमा राखेर रुपलाललाई काठमाडौं ल्याइँदै थियो । तर सिम्ले कट्ने बित्तिकै हुलाकी डाँडामा बिरामीको मृत्यु भयो, जहाँ सवारी जाम थिएन ।
मृतक रुपलाल साहको श्रीमती र एक छोरा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण