शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकारसँगको विवादमा बोलिन् रंगोली, ‘कंगना रनोटले मिडियासँग कुनै पनि हालतमा माफी माग्ने छैन’

बुधबार, २५ असार २०७६, ०७ : १७
बुधबार, २५ असार २०७६

बलिउडकी नायिका कंगना रनोटले केही दिनअघि आफ्नो नयाँ फिल्म ‘जजमेन्टल हे क्या’ को एउटा गीत सार्वजनिक गर्ने कार्यक्रममा एक पत्रकार झगडा गरेकी थिइन् । मिडियासँगको कुराकानीमा कंगनाले पत्रकारलाई तथानाम भनेकी छिन् । पत्रकार सम्मेलनमा जस्टिन राव नामका पत्रकारले आफ्नो नाम भन्नेबित्तिकै कंगनाको पारा चढेको थियो । उनी करिब साढे ६ मिनेटसम्म पत्रकारसँग झगडा गरिरहिन् । कंगनाको यस्तो व्यवहारको निकै आलोचना भइरहेको छ र मिडियाले उनीसँग माफीको माग गरिरहेका छन् तर कंगनाकी बहिनी रंगोली चन्देलले ट्वीटरमा मिडियाले उनीबारे भए नभएको कुरा लेखेको भन्दै कंगनाले कुनै पनि हालतमा माफी नमाग्ने स्पष्टिकरण दिएकी छिन् ।

रंगोलीको निशानामा मिडियाः

रंगोलीले ट्वीटरमा लेखिन्, ‘एउटा कुराको वचन दिन्छु, कंगनाबाट माफी पाउने छैनौ । यी बिकाउ, नाङ्गा, देशका दलाल मिडियामा काम गर्नेहरुलाई, तर कंगनाले तिमीहरुलाई धोएरै सिधा बनाउनेछिन् । हेर्दै जाउ, तिमीहरुले गलत व्यक्तिसँग माफीको माग गरेका छौ ।’

आफूविरुद्ध लेखेको भन्दै कंगनाले पत्रकारलाई यतिसम्मकाे गाली गरिन् (भिडियो)

के थियो विवाद ?

पत्रकार सम्मेलनमा कंगनाले भनेकी थिइन्, ‘जस्टिन (पत्रकार) तिमी त मेरो दुश्मन नै बन्यौ यार । अति नै घटिया कुराहरु लेखिरका छौ । कस्ता फाहोरी कुरा लेखिरहेका छौ । यस्तो फोहोरी कुरा कसरी सोच्न सक्छौ ।’

जस्टिनले कंगनाविरुद्ध गलत कुराहरु लेखिरहेको कंगनाको आरोप थियो । उनले मणिकर्णिकाको रिलिजको क्रममा पनि फिल्मबारे भए नभएका कुरा लेखेको भन्दै कंगनाले रिस फेरिन् ।

जब पत्रकारले आफूमाथि यस्तो प्रकारको आरोप लगाउनु के अनुचित छ भनेर प्रश्न सोधे तब कंगनाले थपिन्, ‘ तर तिम्रो लागि यस्तो गर्नु उचित छ ?’  कंगनाले थपिन्, ‘तिमीले भन्यौ कि म जिंगोस्टिक महिला हुँ जसले मणिकर्णिका बनाएको छु । के राष्ट्रवादमाथि फिल्म बनाएर मैले केही गल्ती गरेँ ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप