आफूविरुद्ध लेखेको भन्दै कंगनाले पत्रकारलाई यतिसम्मकाे गाली गरिन् (भिडियो)
बलिउडकी ‘क्विन’ भनिने कंगना रनौतको विवादसँग पुरानो नाता छ । कंगना र उनकी दिदी रंगोली चन्देल आजकाल बलिउडका कलाकार, निर्माता र निर्देशकविरुद्ध आफ्नो रोष व्यक्त गरिरहन्छन् । अब कंगनाको निशानामा पत्रकार पनि आएका छन् । ‘जजमेन्टल हे क्या’ को एक रिमिक्स प्रोमोशनल गीतलाई सार्वजनिक गर्ने कार्यक्रममा कंगनाले एक पत्रकारलाई तथानाम भनिन् । ती पत्रकारले कंगनाको फिल्म मणिकर्णिकाबारे नकारात्मक टिप्पणी गरेको आरोप लगाइन् । यद्यपि, पत्रकारले कंगनाको आरोपलाई अस्विकार गरिरहे तर नायिकाले उनको कुरा सुनेको नसुन्यै गरिन् ।
आजकाल कंगना रनौत आफ्नो रिलिजको तयारीमा भएको फिल्म ‘जजमेन्टल हे क्या’ का लागि चर्चामा छिन् । अहिलेसम्म फिल्मको विषयमा खासै विवाद भएको छैन, सायद यसकारण आफ्नो फिल्मको गीतको लञ्चमा पुगेकी कंगनाले पत्रकार सम्मेलनको क्रममा एक पत्रकारसँग ठूलै झगडा गरेकी छिन् ।
ती पत्रकारले उनको फिल्म ‘मणिकर्णिकाः द क्विन अफ झाँसी’ विरुद्ध दुर्भावनाबाट ग्रस्त भएर धेरैकुरा लेखेका छन्, साथै उनीबारे टेढा कुरा ट्वीट गरेको पनि कंगनाको आरोप छ ।
#WATCH Kangana Ranaut has a spat with a reporter, accuses him of smear campaign, at the 'Judgementall Hai Kya' song launch event in Mumbai. (07.07.2019) pic.twitter.com/sNuWduY3yg
— ANI (@ANI) July 8, 2019
पत्रकारले उनको आरोप खण्डन गर्दै आफूले कहिले पनि उनीविरुद्ध नलेखेको स्पष्टिकरण दिए ।
उनीहरुको झगडाले यति ठूलो रुप लियो कि उनीहरुलाई बीचमा अरु कसैले नै हस्तक्षेप गर्नुपर्यो ।
उनीहरुको झगडाको भिडियो क्लिप हेरौंः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनी
-
कपाल कति पटक कोर्ने ?
-
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
-
एप्पल र ओपनएआईबिच कानुनी युद्ध : गोप्य सूचना र प्रविधि चोरी गरेको आरोपमा मुद्दा दर्ता
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र, ६४८ जनाको मृत्यु
-
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा.तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण