यस्तो छन् कमल थापामाथि राणाका ६ आरोप, नयाँ पार्टीको एजेण्डा के ?
काठमाडौं– राप्रपासँग विद्रोह गरी राप्रपा (प्रजातान्त्रिक) गठनको पहल थालेका पशुपति शमशेर राणाले कमल थापाबाट एकीकृत पार्टीका नेता कार्यकर्ता तथा जनताको अपेक्षा अनुसार नभएपछि बाध्य भएर कदम चाल्नु परेको बताएका छन् ।
पार्टी विभाजनको भोलिपल्ट सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले नेतृत्वकै कारण कार्यकर्ता पंक्तिमा निराशा र विचलन देखिएको भन्दै सोहि कारण स्थानीय तहमा पार्टीको निराशा जनक परिणाम आएको बताए ।
कमल थापाको कारण राप्रपाले जनताको समेत विश्वास गुमाइसकेको अवस्थामा जनभावनाको कदर गर्र्दै आफूहरुको नयाँ पार्टी गठन गरेको बताए ।
पत्रकार सम्मेलनमा कमल थापामाथि विभिन्न ६ बुँदे आरोप लगाउँदै राणाले आफूहरु प्रजातान्त्रिक मुलधार समातेको ताजा विचारका साथ अघि बढेको भन्दै अब राजनीतिक रंगमन्चमा आफ्नो स्थान सुरक्षित राख्ने दाबी गरे ।
राणाले थापामाथि लगाएको ६ आरोप यस्तो छः

यसैबीच राजतन्त्र, गणतन्त्र या हिन्दुराष्ट्रमध्ये कुन एजेण्डा लिने भन्नेमा पार्टी अलमलमा देखिएको छ । पार्टीभित्र आबद्ध भएकाहरु राजावादी र गणतन्त्र वादी दुबै भएकाले सबैको भावना समेटिने गरी कुन एजेण्डा लिएर अघि बढ्नेमा पार्टीभित्र छलफल भइरहेको बताइएको छ ।
पत्रकार सम्मेलनमा राणाले भने, ‘हामी नयाँ संस्कृति र परम्परालाई बोक्छौं । पृथ्वीनारायणबाहको यो देशमा ठूलो योगदान छ । तर, तत्काललाई एजेण्डाबारे कुनै निर्णय भएको छैन । यी विषयदलाई छलफलबाटै टुंग्याउछौं ।’
राणाले आइतबार ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद पुर्याएर पार्टी फुटाएको घोषणा गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । यसैबीच संस्थापनले ६ केन्द्रीय सदस्यसहित १७ केन्द्रीय सदस्यलाई कारबाही गरेको घोषणा गरेको छ । सोमबार बसेको राप्रपा बैठकले उनीहरुलाई कारबाहीको घोषणा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालयको वेबसाइटमै एकीकृत ड्यासबोर्ड सार्वजनिक
-
नेपाल र कम्बोडियाबिच अनलाइन ठगी नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
-
ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
-
राहदानी सेवा दुई दिन बन्द हुने
-
‘विगतमा मौद्रिक नीतिले बाटो बिराएको थियो, अहिले सही ट्रयाकमा फर्कियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण