राप्रपाबाट ६ सांसदसहित १७ जना निश्कासित
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ जना केन्द्रीय सदस्य तथा सांसदहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेको छ ।
आज बसेको राप्रपा बैठकले अनुशनसनहिन काम गरेको ठहर गर्दै उनिहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको सहमहामन्त्री राजाराम बर्तोलाले जानकारी दिए ।
निश्कासनमा पर्नेहरुमा सांसदहरु दिपक बहोरा, सुनील थापा, रेशम लामा, विराज विष्ट, राज्यलक्ष्मी श्रेष्ठ, र बबिना लावती मोक्तानसहित १७ जना छन् । निश्कासनमा परेकाहरु पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा लागिसकेका छन् ।
त्यस्तै बैठकले बृहत्तर हित र पार्टी एकतामा लाग्न नेता तथा कार्यकर्तालाई आव्हान पनि गरेको छ । राप्रपाले मंगलबार दिउसो केन्द्रीय समिति बैठक बोलाएको छ ।
राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीले साधारण सदस्य समेत नरहने गरि कारबाही गरेका केन्द्रीय सदस्य तथा सांसदहरू यस्ता छन् :
दिपक बोहरा
सुनील थापा
रेशम लामा
बिराज बिष्ट
राज्य लक्ष्मी श्रेष्ठ
बबिना मोक्तान लावती
केन्द्रीय सदस्यहरु
प्रवीण चाम्लिङ
हरिबहादुर बस्नेत
रामकृष्ण भट्टराई,
पदमबहादुर बस्नेत
नवराज सुवेदी
बिष्णु विक्रम थापा
गिरिधारी परियार
दिपक कुमार राई
विन्दु पहाडी
प्रदिप उदय
किरण गिरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण