तारकेश्वर गाउँपालिकामा चरम बेथिति, उपाध्यक्ष र प्रशासकीय अधिकृतबीच भनाभन
नुवाकोट– नुवाकोटको तारकेश्वर गाउँपालिकामा उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवाद उग्रबन्दै जाँदा भनाभनको अवस्था सिर्जना भएको छ ।
गाउँपालिका उपाध्यक्ष तारादेवी रिमाल (अधिकारी) ले आफूलाई कार्यकक्षमै कठालो समातेर दुर्व्यवहार गरेको अधिकृत अशोक प्रसाद दाहालले दाबी गरेका छन् । तर, रिमालले भने आफूले ल्याएको योजना स्वीकृति गर्न दाहालले असहयोग गरेपछि सामान्य विवाद मात्रै भएको दाबी गरेकी छिन् ।
बिहीबार आफू वडानम्बर १, २ र ३ को खानेपानीसम्बन्धी योजना लिएर दाङसिङ गाउँपालिकाको कार्यालय पुगेको तर दाहालले सो योजना स्वीकृत नगर्न बहानाबाजी गर्दै अपमान गरेको रिमालले रातोपाटीलाई बताइन् । ‘अधिकृतले नियसम्मत फाइल स्वीकृति नगरेपछि सामान्य विवाद भएको हो । पछि कठालो समातेको सम्मको भ्रम फैलाउँदै हिँड्नु भएछ’ उनले रातोपाटीलाई बताइन् ।
तर, दाहालले भने आफूलाई उपाध्यक्षले कठालो समातेर तान्दा सर्टनै च्यातिएको बताए । गाउँपालिकामा जनप्रतिनिधिबाटै असुरक्षित हुने अवस्था सिर्जना भएको भन्दै उनले यसबारे आफूहरुले शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई भेटेर जानकारी गराउन लागिएको बताए ।
स्रोतका अनुसार एकै पार्टी तत्कालीन एमालेबाट निर्वाचित भएपनि गाउँपालिका अध्यक्ष रमेश वस्तीको कार्यशैलीलाई लिएर रिमालले असन्तुष्टि जनाउँदै आएकी छिन् ।
अध्यक्ष र उपध्यक्षबीचको विवादमा प्रमुख प्रकाशकीय अधिकृतले पनि अध्यक्षलाई सघाउने र उपाध्यक्षलाई भने असहयोग गर्न थालेपछि विवाद यो अवस्थामा आइपुगेको बताइएको छ।
काँग्रेसका एक स्थानीय नेताले गाउँपालिकामा बेथिति मौलाएको भन्दै अध्यक्ष र उपाध्यक्षबीचै विवादको कारण पनि यही भएको दाबी गरे । ‘अहिले गाउँपालिकामा चरम बेथिति मौलाएको छ, यसमा सरोकारवालाको बेलैमा ध्यान गएन भने अवस्था थप भयाभय हुन सक्छ’, गाउँपालिकाको गतिविधिलाई नजिकबाट नियालिरहेका उनले भने । यस्तै गत ९ महिनायता कार्यपालिकाको बैठकसमेत बस्न सकेको छैन ।
केही पहिलेमात्रै स्थानीय तहको शिक्षा समितिले गाउँपालिकाका सबै सरकारी विद्यालयमा अंग्रेजी विषयमा अध्यापन गराउने भन्दै हचुवाको भरमा बोर्डिङ स्कूलमा पढाइने पाठ्यसामग्री लागू गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई लिएर केही जनप्रतिनिधिका साथै स्थानीय सरोकारवालाले विरोध गर्दै आएका छन् ।
यो पनि.....
कक्षा १ मा ‘एलकेजी’को किताब ! नुवाकोटको गाउँपालिकामा गोलमाल पाठ्यपुस्तक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)