शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्डका हमलाकर्ता अदालतमा उपस्थित, हमलाका लागि पाँच बन्दुकको प्रयोग

शनिबार, ०२ चैत २०७५, ०८ : १३
शनिबार, ०२ चैत २०७५

बीबीसी

न्यूजिल्याण्डको क्राइस्टचर्चमा दुई मस्जिदमाथि हमला गरेर कम्तीमा ४९ जनाको हत्या गर्ने हमलाकर्तालाई शनिबार अदालतमा पेश गरिएको छ ।

अष्ट्रेलियाली नागरिक ब्रेन्टन ट्यारेन्ट, २८, अदालतको कठघरामा जेलको सेतो टिसर्ट र हत्कडीमा उपस्थित भए । उनीमाथि हत्याको आरोप लगाइएको छ ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डर्नले हमला निकै सुनियोजित ढङ्गले गरिएको र उनीसँग बन्दुक राख्ने लाइसेन्स भएको जानकारी दिएकी छिन् । हमलाको क्रममा उनले पाँचवटा बन्दुक प्रयोग गरेको उनले बताइन् ।

शुक्रबारको हमलापछि देशमा बन्दुक राख्ने कानूनमा परिवर्तन गरिने प्रधानमन्त्री जसिन्दाले जानकारी दिइन् ।

पुलिस अनुसन्धानबारे जानकारी दिँदै उनले अहिलेसम्म तीनजनालाई पक्राउ गरिएको जसमध्ये दुईको संलग्नताबारे अनुसन्धान भइरहेको जानकारी दिइन् । दुबैको अहिलेसम्म कुनै आपराधिक रेकर्ड सार्वजनिक भएको छैन ।

यसैबीच घटनास्थलबाट पक्राउ गरिएका अन्य हतियारधारी व्यक्तिलाई रिहा गरिएको छ । अनुसन्धानमा उनीहरु पुलिसलाई सहयोग गर्ने कोसिस गरिरहेको पत्ता लागेको छ ।

भिडियो लाइभ गर्दै बन्दुकधारीले गरे न्यूजिल्याण्डको मस्जिदमा आएका दर्जनौंको हत्या

‘हमलाले शहरलाई नै परिवर्तन गर्यो’

क्राइस्टचर्चकी मेयर लिएन डालजीलका अनुसार दुई मस्जिदमाथिको हमलाले शहरलाई सधैंका लागि परिवर्तन गरेको छ ।

 उनका अनुसार शनिबार झण्डा आधा झुकाइनेछ र शहरमा हुने थुप्रै खेल र मनोरञ्जनको कार्यक्रम रद्द गरिएको छ ।

 मेयरका अनुसार स्थानीय प्रशासन मुस्लिम समुदायसँग मिलेर मारिएका व्यक्तिहरुको अन्तिम संस्कारका लागि उचित स्थानको प्रबन्धमा जुटेको छ ।

संसारभरी शोकः

लण्डनको हाइड पार्कमा न्यूजिल्याण्ड पार मेमोरियलमा क्राइस्टचर्च हमलामा मारिएकाका लागि शोक सभा आयोजना गरियो ।

जोर्डनको राजधानी अम्मानमा न्यूजिल्याण्डको दूतावास नजिकै धर्ना दिन पुगेका एक व्यक्ति कुरानको प्रति देखाइरहेका छन् । उनी इस्लामिक एक्शन फ्रन्ट पार्टीका समर्थन हुन् ।

लण्डनको अक्सफोर्ड युनिभर्सिटीको क्राइस्टचर्च कलेजको झण्डा आधा झुकाइयो

सिड्नीको मस्जिदमा शनिबार बिहान नमाजको क्रममा क्राइस्टचर्च हमलामा मारिएकालाई याद गरियो

न्यूजिल्याण्डको मस्जिद नजिकै अन्धधुन्ध गोलीबारी, बंगालादेशी क्रिकेटर सुरक्षित

 

न्यूयोर्कको इस्लामिक सेन्टरको मस्जिदबाट शुक्रबार नमाज पढेर बाहिर निस्किरहेका व्यक्तिहरु

क्राइस्टचर्चमा मारिएकालाई श्रद्धाञ्जली दिनका लागि हेल्सिंकीको फिनल्याण्डिया हलमा निलो प्रकाश दिइयो ।

अष्ट्रेलियाको पर्थमा एनबीएल ग्रान्ड फाइनल सिरिजको प्रतिस्पर्धाअघि एक मिनेट मौनधारण गर्दै मेलबर्न युनाइटेडका खेलाडी

बर्मिंघमको मुख्य मस्जिद बाहिर उभिएर मारिएकाप्रति समवेदना प्रकट गर्दै स्थानीय

संयुक्त राष्ट्रको मानवाधिकार परिषदमा क्राइस्टचर्च हमलामा मारिएकाको यादमा एक मिनेट मौन धारण गर्दै प्रतिनिधी

पूर्वी लण्डनको मस्जिदमा न्यूजिल्याण्डमा मारिएकाको शोकसभामा बोल्दै लण्डनका मेयर सादिक खान

बर्मिंघमको मस्जिदमा नमाज पढेर निस्किरहेका मानिसहरुलाई फूल दिँदै स्थानीय इसाइ

लिड्सको मक्का मस्जिदमा शुक्रबारको नमाजको क्रममा क्राइस्टचर्चमा मारिएकालाई याद गर्दै

पेरिसको मुख्य मस्जिद बाहिर सुरक्षाको कडा प्रबन्ध गरियो ।

इस्तान्बुलमा वैश्विक आतंकवादविरुद्ध प्रदर्शन गरियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप