न्यूजिल्याण्डको मस्जिद नजिकै अन्धधुन्ध गोलीबारी, बंगालादेशी क्रिकेटर सुरक्षित
बीबीसी
न्यूजिल्याण्डको क्राइस्टचर्चको अल नूर मस्जिद नजिकै अन्धधुन्ध गोलीबारीको आवाज सुनिएको छ । पुलिसले स्थितीलाई गम्भीर बताउँदै मानिसहरुलाई उक्त इलाकामा नआउन अपिल गरेको छ ।
रिपोर्टका अनुसार यहाँ एक हमलाकर्ता सक्रिय छन् । यो मस्जिद नजिकै बंगलादेशका क्रिकेट खेलाडी पनि थिए । खेलाडी सुरक्षित छन् ।
बंगलादेशको क्रिकेट समूह अहिले न्यूजिल्याण्डको भ्रमणमा छन् ।
प्रत्यक्षदर्शीले स्थानीय मिडियासँगको कुराकानीमा मस्जिद भित्रका थुप्रै मानिसहरुलाई गोली लागेको जानकारी दिएका छन् ।
क्राइस्टचर्चको अस्पतालाई हाई अलर्टमा राखिएको छ र सबै स्कूल बन्द गरिएको छ ।
हमलाकर्ताबाट बच्नका लागि थुप्रै मानिसहरुले ज्यान बचाएर भागिरहेको पनि देखिएका छन् ।
एक प्रत्यक्षदर्शी मोहन इब्राहिमले न्यूजिल्याण्ड हेराल्डसँग भने, ‘सुरुमा हामीलाई बिजुली सट भएको भन्ने लाग्यो । त्यसपछि सबैजना भाग्न थाले । मेरा थुप्रै साथी अहिले पनि मस्जिद भित्रै छन् ।’
उनले थपे, ‘मैले मेरा थुप्रै साथीलाई फोन गरेँ तर तीमध्ये कसैले पनि जवाफ दिएका छैनन् । म साथीहरुको विषयमा निकै चिन्तित छु ।’
केही प्रत्यक्षदर्शीले मस्जिदभित्र आफूले शव देखेको बताएका छन् तर पुलिसले अहिलेसम्म यसको पुष्टि गरेको छैन ।
रिपोर्टका अनुसार लिनवुड इलाकाको अर्को एउटा मस्जिद पनि खाली गराइएको छ ।
बंगलादेशी खेलाडी तमिम इकबालले ट्वीट गरे, ‘पूरा समूह सक्रिय सुटरबाट सुरक्षित बचेको छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण