शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

10yearchallenge: छोरीले तस्बिर सेयर गर्दै भनिन्, ‘हरेक वर्ष जवान भइरहेका छन् रजनीकान्त !

मङ्गलबार, ०८ माघ २०७५, ०८ : ५१
मङ्गलबार, ०८ माघ २०७५

आजकाल सोसल मिडियामा ज्ञ10yearchallenge अत्यन्त क्रेज छ । नेपाल, भारतलगायत संसारका विभिन्न क्षेत्रबाट विभिन्न व्यक्तिले आफ्नो १० वर्ष पुरानो फोटोलाई नयाँ फोटोसँगै तुलना गरेर पोष्ट गरिरहेका छन् । सेलिब्रिटी पनि यो च्यालेन्जबाट उम्कन सकेका छैनन् । अब यो च्यालेन्जमा रजनीकान्तको तस्बिर पनि सार्वजनिक भएको छ ।

रजनीकान्तकी छोरी सौन्दर्याले उनका तीन तस्बिर सेयर गरेकी छिन् । योसँगै सौन्दर्याले उनका बुवा हरेक वर्ष जवान भइरहेको लेखेकी छिन् । उनले लेखेकी छिन्, ‘ 10yearchallenge होस् वा अन्य जेसुकै लिएर आउ । उनी हरेक वर्ष जवान हुनेछन् । मेरो बुवा सबैभन्दा बलियो हुनुहुन्छ ।’

स्मरण रहोस्, रजनीकान्तकी छोरी सौन्दर्या तमिल फिल्म इन्डष्ट्रिको चर्चित नाम हो । उनी ग्राफिक डिजाइनर, निर्माता र निर्देशक हुन् ।

सेलिब्रिटीले पनि लिए #10YearChallenge,  प्रियंका–परमितादेखि सोनम–बिपाशाले सेयर गरे १० वर्ष पुरानो फोटो

 

#10YearChallenge बाट यसकारण टाढै बस्नुहोस्, विज्ञले दिए चेतावनी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप