सेलिब्रिटीले पनि लिए #10YearChallenge, प्रियंका–परमितादेखि सोनम–बिपाशाले सेयर गरे १० वर्ष पुरानो फोटो
सोसल मिडियामा किकीपछि अर्को एउटा च्यालेन्ज देखा परेको छ । यसलाई #10YearChallenge नाम दिइएको छ जसमा मानिसहरुले आफ्नो १० वर्ष अघिको फोटोसँग नयाँ फोटो सार्वजनिक गरिरहेका छन् । यो च्यालेन्ज नेपालीलगायत भारतीय सेलिब्रिटीमाझ पनि लोकप्रिय भएको छ ।
नेपाली सिने जगतकी चर्चित नायिका प्रियंका कार्कीले च्यालेन्ज स्विकार गरेको भन्दै तीनवटा फोटो पोष्ट गरेकी छिन् ।
कार्कीले बुधबार बिहान फेसबुकमा यी तस्बिर सार्वजनिक गरेकी हुन् ।
यस्तै, अर्की नायिका परमिता राज्य लक्ष्मी राणाले पनि सामाजिक संजाल फेसबुकमा १० वर्षअघिको र अहिलेको फोटो पोष्ट गरेकी छिन् ।
यस्तै सन् २००० की मिस नेपाल उषा खड्गीले पनि १० वर्षअघि र अहिलेको फोटो भन्दै एउटा बिकिनी लगाएको र अर्को छोरीसँगको दुईवटा तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् ।
उता बलिउडका सेलिब्रिटीलाई पनि यसको हावाले छोएको छ । बिपाशा बासु, शिल्पा शेट्टी, सोफी चौधरी, सोनम कपुर, दिया मिर्जा, अमृता अरोरा, ईशा गुप्ता, अनिता, डेजी शाहलगायतले आफ्ना पुराना फोटो सेयर गरिरहेका छन् ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण