महाभियोग लगाए सामना गर्न तयार छु : दीपकराज जोशी
काठमाडौं–सत्तारुढ नेकपाका सांसदहरुले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन सुरु गरेका छन् ।
यसअघि प्रधानन्यायाधीशमा सिफारिश भएका जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकृत गरेको थियो ।
नेकपाका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ताको तयारी गरेपछि रातोपाटीले न्यायाधीश जोशीलाई अब के गर्नुहुन्छ भनी सोधेको थियो । जवाफमा न्यायाधीश जोशीले आफूले महाअभियोगको सामना गर्ने प्रतिक्रिया दिएका छन् ।
जोशीले महाभियोग लगाए आफूसँग कुनै विकल्प नहुने भन्दै सामना गर्न तयार रहेको बताए ।
‘दबाबका लागि हस्ताक्षर संकलन गरेका होलान् तर महाभियोगको प्रस्ताव दर्ता गरहाल्छन् भन्नेचाहिँ मलाई लाग्दैन’ न्यायाधीश जोशीले भने ।
त्यसो भए तपाई राजीनामा दिनुहुन्न त भन्ने प्रश्नमा उनले राजीनामा दिनेबारे केही नसोचेको र महाभियोगको सामना गर्ने दोहोर्याए ।
संसदीय सुनुवाई समितिबाट उनको नाम अस्वीकृत भएसँगै धेरैले उनले पदबाट राजीनामा दिने अनुमान गरेका थिए । तर, सो अनुमान विपरित फेरि न्यायाधीशकै हैसियतमा सर्वोच्च फर्किएका थिए ।
| जोशीविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारी, सुरु भयो हस्ताक्षर संकलन |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण