बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महाभियोग लगाए सामना गर्न तयार छु : दीपकराज जोशी

बिहीबार, ०४ असोज २०७५, १६ : ४७
बिहीबार, ०४ असोज २०७५

काठमाडौं–सत्तारुढ नेकपाका सांसदहरुले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन सुरु गरेका छन् । 

यसअघि प्रधानन्यायाधीशमा सिफारिश भएका जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकृत गरेको थियो । 

नेकपाका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ताको तयारी गरेपछि रातोपाटीले न्यायाधीश जोशीलाई अब के गर्नुहुन्छ भनी सोधेको थियो । जवाफमा न्यायाधीश जोशीले आफूले महाअभियोगको सामना गर्ने प्रतिक्रिया दिएका छन् । 

जोशीले महाभियोग लगाए आफूसँग कुनै विकल्प नहुने भन्दै सामना गर्न तयार रहेको बताए । 

 ‘दबाबका लागि हस्ताक्षर संकलन गरेका होलान् तर महाभियोगको प्रस्ताव दर्ता गरहाल्छन् भन्नेचाहिँ मलाई लाग्दैन’ न्यायाधीश जोशीले भने ।

त्यसो भए तपाई राजीनामा दिनुहुन्न त भन्ने प्रश्नमा उनले राजीनामा दिनेबारे केही नसोचेको र महाभियोगको सामना गर्ने दोहोर्याए । 

संसदीय सुनुवाई समितिबाट उनको नाम अस्वीकृत भएसँगै धेरैले उनले पदबाट राजीनामा दिने अनुमान गरेका थिए । तर, सो अनुमान विपरित फेरि न्यायाधीशकै हैसियतमा सर्वोच्च फर्किएका थिए । 

जोशीविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारी, सुरु भयो हस्ताक्षर संकलन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप