जोशीविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारी, सुरु भयो हस्ताक्षर संकलन
काठमाडौं–सत्तारुढ नेकपाका सांसदहरुले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोग लगाउन हस्ताक्षर संकलन सुरु गरेका छन् ।
नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङको सक्रियतामा सांसदहरुको हस्ताक्षर संकलन सुरु गरिएको हो ।
यसअघि जोशीले नेकपाका नेताहरुसँग सर्वोच्च्मा केही दिन फर्केर काम गर्ने अनि राजीनामा दिने सहमति गरेको बताइएको थियो । तर, जोशी सहमति विपरीत गएपछि पार्टीभित्र जोशीमाथि महाभियोग लगाउनुपर्ने माग बढ्न थालेको नेता गुरुङले रातोपाटीलाई बताए ।
तपाईँहरुले महाभियोग लगाउनका लागि हस्ताक्षर संकलन सुरु गर्नुभएको हो भन्ने रातोपाटीको प्रश्नमा नेता गुरुङले भने, ‘महाभियोग लगाउन पार्टीमा तीब्र दबाब आएको छ । यसअघिनै अक्षम भइसकेका व्यक्तिलाई फेरि न्यायाधीश मान्न नैतिक संकट पनि हुन्छ । त्यसकारण हामीले हस्ताक्षर संकलन सुरु गरेका हौँ ।’
महाभियोग लगाउनुपर्ने अरु कारणबारे भने गुरुङले केही बताएनन् । यसअघि नै संसदीय समितिको दुई तिहाई बहुमतले जोशीलाई कार्यक्षमता नभएको अर्थात् असक्षम भनिसकेको अवस्थामा यही आधारलाई लिएर नेकपा सांसदहरुले महाअभियोगका लागि हस्ताक्षर संकलन सुरु गरेका हुन् ।
तत्काललाई लागि नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले खाली कागजमा सांसदहरुको हस्ताक्षर लिएका छन् । यद्यपि सचेतक गुरुङले हस्ताक्षरको कारणबारे भने सांसदहरुलाई जानकारी गराउँदै महाभियोगको तयारी भएको बताएका छन् ।
हस्ताक्षर संकलन भएपनि आजै महाभियोगको प्रस्ताव दर्ता हुने सम्भावना भने कम छ । हस्ताक्षर संकलन गरेसँगै जोशीले राजीनामा दिएर वातावरण सहज बनाइदिएमा भने प्रस्ताव दर्ता नगर्ने नेकपाले बताएको छ ।
संविधानअनुसार प्रतिनिधिसभाका २५ प्रतिशत सदस्यले न्यायाधीशमाथि महाभियोगको प्रस्ताव दर्ता गराउन सक्छन् । महाभियोग पारित हुन भने दुई तिहाई बहुमत चाहिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण