निशान हत्या : चमेलीसँग २ करोड मागेका अपहरणकारी किन ४० लाखमा झरे ?
काठमाडौँ । आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरण गरेर हत्या गरिएका बालक निशान खड्काको हत्याको मुख्य कारण ‘पैसा’ नै भएको पाइएको छ ।
अपहरणमा संलग्न अजय र गोपाल दुवैको प्रहरीको कथित इन्काउन्टरमा मृत्यु भैसकेको हुनाले चमेलीसँग उनीहरुले अन्तिम डिल गरेको ४० लाख लिने प्रयत्नसमेत नगरिकन किन निशानको हत्या गरे भन्नेबारे चाहीँ प्रश्न उठेको छ ।
अपहरणकारीले ‘फिरौती’ मागे तर त्यो फिरौती प्राप्त गर्ने प्रयास नै गरेनन् । अनि फिरौती रकम डिल भएको केही बेरमै निशानलाई किन क्रुरतापूर्वक हत्या गरे भन्ने तथ्य अब खुल्ने छैन, किनकी अपहरणकारीको इहलिला समाप्त भैसकेको छ ।
सिन्धुपाल्चोक स्थायी घर भएर काँडाघारीमा होटल सञ्चालन गर्र्दै आएकी चमेली खड्कासँग सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङको पुरानै चिनजान थियो । अझ भनौँ मजदुरी गर्ने अजय र गोपाल चमेलीको होटलको नियमित ग्राहक थिए ।
लामो समयदेखि ग्राहकको रुपमा होटलमा आउँदाजाँदा चमेलीको आर्थिक स्रोतबारे उनीहरु जानकार थिए ।
चमेलीको आर्थिक अवस्थाबारे जानकार अजय र गोपालले आइतबार साँझ अपरिचित नम्बरबाट चमेलीलाई फोन गरेर छोरा अपहरण गरेको र छोरा सकुशल फिर्ता पाउनका लागी २ करोड फिरौती चाहिने माग गरेका थिए ।
निशान हत्या : के थियो अपहरणकारी र एसएसपी बीचको एसएमएस प्रकरण ?
निशानकी आमा चमेली खड्काले प्रहरी कन्ट्रोल ‘१००’ मा फोन गरेर प्रहरीलाई सूचना समेत दिन नभ्याउँदै पहिलो कल गरेको करिब दुई मिनेटपछि अर्को फोन गरेर उनीहरुले भनेका थिए, ‘दुई करोड नभए चालिस लाख दिए पनि छोरा छाडिदिन्छौँ ।’

निशानको अपहरण र हत्या प्रकरणको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार यसबाट अजय र गोपाल चमेलीले चाहेमा कम्तिमा ४० लाखको जोहो गर्न सक्नेमा विश्वस्त थिए भन्ने पुष्टि हुन्छ ।
‘त्यसैले दुई करोडबाट डिल शुरु गरेका अजय र गोपालले दोस्रो फोनमै चमेलीलाई ४० लाख दिए हुन्छ भनेका थिए,’ घटनाको अनुसन्धानमा संलग्न एक सुरक्षा अधिकारी भन्छन्, ‘चमेली खड्कालाई अप्ठेरोमा पारेमा कम्तिमा ४० लाख फिरौती लिन सकिनेमा उनीहरु कन्फिडेन्ट नै भएको देखिन्छ ।’
सिन्धुपाल्चोकको ज्यामिरे स्थायी घर भएका चमेलिको श्रीमान गणेश खड्का वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया बस्न थालेको ३ बर्ष भैसकेको थियो । तीन बर्षको अवधिमा गणेशले करिब १० लाख रुपैयाँ पठाएका थिए, त्यो पैसा चमेलीसँगै थियो ।
चमेलीको पारिवारिक स्रोतका अनुसार चमेली र गणेशले काठमाडौंको मुलपानीमा ३ आना जग्गा किनेका थिए । त्यो जग्गा बिक्री गर्दा १० लाख रुपैयाँ आनाको दरले कम्तिमा ३० लाख रुपैयाँ आउँथ्यो ।
प्रहरी स्रोतका अनुसार केही समयअघि चमेलिले गोपाल तामाङलाई खाजा खान आफ्नो होटलमा आउँदा चार आनाजती राम्रो जग्गा भएमा खबर गर्न भनेकी थिइन् । मुलपानीको जग्गा बिक्री गरेर केही पैसा थपेर भक्तपुरतिर चार आना जग्गा किन्ने चमेलीको योजना थाहा पाएपछि गोपालले उक्त कुरा अजयसँग शेयर गरेका थिए ।
अजय र गोपालले फिरौतीको रुपमा त्यहि ४० लाख फुत्काउन खोजेका थिए, तर त्यो ४० लाख प्राप्त गर्ने अनेक बाटाहरु बन्द गरेर किन निशानको घाँटी निमोठे ? यो प्रश्न रहस्यको गर्भमै छ, रहिरहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण