शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियामा विदेशी कामदार संकट : जिटुजी प्रक्रिया अपनाउन मलेसिया तयार, नेपाललाई ‘नरम’ बन्न आग्रह

शनिबार, १२ साउन २०७५, १४ : ५२
शनिबार, १२ साउन २०७५

काठमाडौँ । मलेसियाका मानव संशाधन मन्त्रीले नेपाल सरकारलाई नेपाली कामदारलाई रोजगारीका लागि मलेसिया पठाउने विषयमा ‘नरम’ बन्न आग्रह गरेका छन् ।

मन्त्री एम. कुलासेगारानले मलेसियाका विभिन्न उद्योग तथा कम्पनी विदेशी कामदारमा आश्रित रहेको बताउँदै सो आग्रह गरेका हुन् ।

‘नेपालका कामदार यहाँ आउने अन्य संयन्त्रको पहिचान गर्ने प्रयास गर्नेछौँ । अन्यथा देशमा कामदारको संकट पर्नेछ र यसले विकासमा ठूलो धक्का लाग्नेछ,’ एक कम्पनीमा आयोजित कार्यक्रमपछि उनले भने ।
‘हामीलाई आशा छ, यसबीच नेपालले आफ्नो निर्णयमा पुनर्विचार गर्नेछ र नरम बन्नेछ,’ उनले भने ।

मलेसियामा रोजगारीका लागि जान नेपाली कामदारले अनावश्यक खर्च बेहोरिरहेको समाचार रातोपाटीले प्रकाशित गरेपछि हाल सरकारले नेपाली कामदारलाई मलेसिया जान रोक लगाएको छ । 
कुलासेगारानले तेस्रो पक्ष कम्पनी प्रयोग गरेर विदेशी कामदार छनौट गर्दा लाग्ने ठूलो रकम बारे आफू जानकार भएको पनि बताए ।

‘यो सबै समस्या अघिल्लो सरकारका कारण आएको हो र हामी यसलाई समाधान कसरी गर्ने भन्ने विषयमा सोचिरहेका छौँ,’ उनले भने, ‘क्याबिनेटमा पनि यो विषयबारे छलफल भइसकेको र म आगामी हप्ता एउटा नयाँ प्रतिवेदन लेख्नेछु र तुरुन्त कार्यान्वयन गर्नेछु ।’

कुलासेगारानले यस विषयमा नेपाल सरकारका अधिकारीहरुसँग पनि निरन्तर छलफल भएको जानकारी दिए ।

उनले हाल लागु गरिएको तेस्रो पक्षलाई हटाएर सरकारदेखि सरकार (जिटुजी) प्रक्रियाबाट नेपाली कामदारलाई मलेसियामा रोजगारीको व्यवस्था मिलाउन मलेसिया सरकार तयार रहेको पनि बताए ।

हेर्नुहोस् रातोपाटीमा प्रकाशित समाचार

वैदेशिक रोजगारीको अर्को पाटो : हुण्डीमार्फत् वार्षिक ३५ करोड रुपैयाँ मलेसिया जान्छ

मलेसिया रोजगारीमा लुटधन्दा : भीएलएन नेपाल र वान स्टप सेन्टरले यसरी असुल्दै छ रकम

बायोमेडिकल भित्र्याउने पदाधिकारी मालामाल, अरूको बेहाल !

मलेसिया भिसा ‘धन्दा’ : सिन्डिकेटदेखि हुण्डीसम्म

यसरी लुटिन्छन् मलेसिया जाने नेपाली कामदार

मलेसिया रोजगारीमा लुटधन्दा : नेपालको प्राइभेट कम्पनीलाई मलेसियन इमिग्रेसनको अधिकार !

सरकारलाई मलेसियन दूतावासको चुनौती – ‘वान स्टप सेन्टरको काम जारी राख्नु’

माइग्राम्स र बायोमेट्रिक बन्द

नेपाली कामदारको अतिरिक्त शुल्कबारे मलेसियन दूतावास भन्छ : अहिले जस्तो छ, त्यसरी नै चल्छ

मलेसिया रोजगारीमा लुटधन्दा : सिन्डिकेटधारीमाथि श्रममन्त्रीको धावा (भिडियो)

मलेसियामा रोजगारीमा जाँदा लाग्ने अतिरिक्त खर्च नेपालद्वारा एकतर्फीरुपमा खारेज

हामीलाई कसैले किन्न सक्दैन, वैदेशिक रोजगारको सिन्डिकेट चाँडै अन्त्य हुन्छ  : श्रममन्त्री गोकर्ण विष्टको अन्तरवार्ता

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप