शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

झन्डै-झन्डै भाँडिएको थियो डा.केसीसँगको त्यो निर्णायक वार्ता

शुक्रबार, ११ साउन २०७५, १२ : ५५
शुक्रबार, ११ साउन २०७५

काठमाडौं– आज विहान आठ बजेदेखि प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठक बस्यो ।  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नेकपाको संसदीय दलका नेता पनि हुन् । 

बैठक र एजेन्डा तीन दिन अगाडि तय भएका थिऐ । तर, राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भयो र बैठकको मिति नबदलिएपनि एजेन्डा चाहिँ बदलियो ।

विपक्षी काँग्रेसले आज बस्ने संसद बैठक पनि डा.गोविन्द केसी प्रकरणमा अवरुद्ध गर्न सक्छ र त्यसका लागि सत्तापक्षले कस्तो रणनीति अपनाउने भनेर नेकपाले संसदीय दलको बैठक बोलाएको थियो । तर, हिजो राती डा.केसीसँग नौ बुँदे सहमति भएपछि जे एजेन्डामा छलफल गर्न नेकपाले संसदीय दलको बैठक बोलाएको थियो, त्यो एजेन्डा नै रहेको थिएन् । 

बैठकको एजेन्डा बदलिएपछि नेताहरुको प्रस्तुति पनि बदलियो ।

त्यसपछि नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा केसीसँग भएको सहमतिबारे आफ्नो संसदीय दललाई जानकारी गरायो । बैठकमा दलका उपनेता एवं उक्त सहमतिको पहलकर्ता सुवास नेम्वाङले सो सहमतिबारे जानकारी दिए । 

यी निर्णयले दियो ओली सरकारलाई ठूलो राहत !

शुरुमा नेकपा संसदीय दलका उपनेता नेम्वाङ बोले ।

उनले हिजो डा.केसीसँग भएको वार्ता र सहमति भाड्न काँग्रेस र विवेकशिल साझा पार्टीलगायतका नेताहरुले खेलेको भूमिकावारे विफ्रिङ गरेका थिए ।

नेकपाका एक नेताले संसदीय दलका उपनेता सुवास नेम्वाङको भनाई उद्दृत गर्दै रातोपाटीसँग भने, ‘हिजोको बार्ता असफल पार्न धेरै कोशिष भए । हिजोमात्रै काँग्रेसका नेताहरुले डा.केसीका तर्फबाट बार्ता टोलीमा रहेकाहरुलाई २५ पटक भेटे । अरु पनि सक्रिय भए । वार्ता असफल पार्न अन्तिमसम्म प्रयास भयो । सहमति जुटाएर हिँडेकाहरु पनि पछि बालुवाटार नै आउन नसकिने भयो भने । पछि डा.केदारभक्त माथेमा र उनको नेतृत्वको आयोगका अन्य सदस्यलाई परिचालन गरेर वार्ता सफल बनायौँ । हाम्रो सकरात्मक पहलकदमीपछि वार्ता सफल भयो ।’

सरकारी वार्ता टोलीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने तथा प्रा डा केसीका तर्फबाट डा अभिशेष सिंह, डा जीवन क्षेत्री, अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता ओमप्रकाश अर्याल सहभागी थिए । 

नौ बुँदे सहमतिपछि उनै नेम्वाङ र माथेमा कार्यदलका संयोजक प्रा केदारभक्त माथेमाले अस्पतालमा अनशनरत प्रा डा केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा जुस ख्वाएर अनशन तोडाएका थिए । नेपाल सरकार र २७ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा आज राति प्रधानमन्त्री निवास बालुवाटारमा नौबुँदे सहमति भएपछि उनकोे अनशन तोडिएको थियो । प्रा डा केसी विभिन्न माग राखी २७ दिनदेखि कर्णाली विज्ञान प्रतिष्ठान जुम्ला र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा १५औँ अनशनमा थिए । 

नेम्वाङले वार्ता भाड्न भएका कोशिष सुनाए भने प्रचण्डले भविष्यमा पनि षडयन्भ भैरहने भन्दै सचेत गराए । प्रचण्डको भनाई उद्दृत गर्दै नेकपाका एक सांसदले रातोपाटीसँग भने, ‘पहिला तत्कालीन एमाले र माओवादीबीचको एकता रोक्न षड्यन्त्र गरे । त्यहाँ असफल भए । त्यसपछि सरकारमाथि उनीहरुले हमला शुरु गरेका छन् । षड्यन्त्र गरेका छन् । उनीहरुबाट भविष्यमा पनि यस्ता षड्यन्त्र हुन्छन् । हामीले काम पनि गर्ने हो र यस्ता षड्यन्त्रको मुकालिा पनि गर्ने हो । हामी सचेत हौँ, षडयन्त्र हुन्छन्, बारम्वर हुन्छन् ।’

नेकपाका प्रवक्ताले दिए आफ्नै पार्टीका नेतालाई ‘दनक’

बैठकमा प्रधानमन्त्री ओलीले एउटा कथा सुनाएर आफ्नो कुरा राखे ।

प्रधानमन्त्रीको कथा उद्धृत गर्दै नेकपाका अर्का एक सांसदले रातोपाटीसँग भने, ‘धेरै ठाँउ घुम्न जाँदा एक पटक ठूलो मान्छेसँग ड्राईभरले भनेछन् –हजुर, म सानो मान्छे, केही कुरा गरौँ कि । ठूलो मान्छेले भनेछन्, ‘हुन्छ भन् ।’ अनि ड्राईभरले भनेछन्, ‘प्रतिक्रियावादीहरु निकै क्रुर निर्मम हुन्छन् नि ।’ ठूलो मान्छेले भनेछन्, ‘क्रुर र निर्मम त हुन्छन् नै उनीहरुमा लाज पनि हुँदैन ।’

ती सांसदका अनुसार काँग्रेले सरकारलाई काम गर्न नदिएकोतर्फ प्रधानमन्त्रीको संकेत थियो ।

प्रधानमन्त्री ओलीले विपक्षी काँग्रेसले रचनात्मक भूमिका नखेलेको पनि बताए ।  प्रधानमन्त्री ओलीले देशको विकास निर्माण भन्दा पनि सरकारलाई असफल बनाउन भएका प्रयत्नप्रति सवै सचेत हुनुपर्ने बताए । विपक्षी दल कांग्रेसले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने ठाउँमा झिना मसिना मुद्दा समातेर आएको प्रधानमन्त्रीको भनाई थियो ।

‘काँग्रेस अहिले एजेण्डाविहिन भएको छ । केहि नपाएर झिना मसिना कुरा समातेर रडाको मच्चाउन खोजेको थियो । डा.केसीको मुद्दा काँग्रेसको होईन । केहि नपाएपछि त्यसलाई समातेर रडाको मच्चाउने प्रयत्न गरेको थियो । तर, सफल भएन ।’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै ती सांसदले भने, ‘एजेण्डाविहिन काँग्रेसले डा.केसीका एजेण्डा समातेर आएको थियो । यी मुद्दा सल्टिए । अब काँग्रेस फेरि एजेण्डाविहिन भएको छ ।’

नेकपाका संसदीय दलको बैठक सकियो, के भयो निर्णय ?

प्रधानमन्त्री ओलीले सरकारलाई अवरोध गर्ने झिना मसिना लफडा सकिएको हुदाँ अव आफ्ना काम कारवाहीप्रति सचेत भएर अघि वढ्नुपर्ने समय आएको बताए । ‘सरकारलाई असफल बनाउने प्रयत्न भएका थिए र फेरि पनि हुन सक्छन् । अब काँग्रेस जसरी प्रस्तुत भएपनि सरकार सचेत भएर आफ्ना काम कारवाही अगाडि बढाउँछ ।’ प्रधानमन्त्री ओलीको भनाई थियो । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुलाई सरकारका काम कारबाहीकाबारेमा डटेर कुरा राख्न निर्देशन दिएका छन् । “संसदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरुले अगुवाइ गर्ने नयाँ साथीहरुले त्यसलाई पछ्याउने गर्नुप¥यो” प्रधानमन्त्री ओलीले भने, ‘शिर्ष नेताहरुले सरकार,नीतितथाकार्यक्रम र बजेटका पक्षमाखुलेर कुरा राख्नु पर्छ । जसले गर्दा संसद र जनतामापनिराम्रो सन्देश प्रवाह हुन्छ ।’

संसदमा एक दुईजनाउभिएका भरमा संसद अवरुद्ध हुनदिनु नुहुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले  असोज ३ गते सम्ममा कानुनहरु बनाइ सक्नु पर्ने भएकोले संसद अवरुद्धताले यो कार्यसुचीलाई असर गर्ने  बताए । ‘यी सबै काम समयमै सक्नका लागि हाम्रा सांसदहरुले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बल दिनु पर्दछ’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले सरकारले गरेका कामको पुस्तक निकालेर प्रचार गरिने पनि बताए । 

सरकार–केसीबीचको नौबूँदे सहमतिमा के छ ?

सहमतिलाई संसद्को प्रक्रियामा लाने प्रतिबद्धता प्रधानमन्त्रीले गरेका छन् । सो प्रतिबद्धता संसदीय प्रक्रियामार्फत टुङ्गोमा पुग्ने नेताहरुले बताएका छन् ।  

बैठकपछि नेकपा संसदीय दलका प्रमुख सचेतकका देव गुरुङ्गले डाक्टर केसीसंग भएको सहमति अनुसार संसदीय प्रक्रिया मार्फत नै विधेयकमा परिमार्जन गरिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप